Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नेकपा एमाले स्याङ्जाको आठौँ जिल्ला अधिवेशन अन्तिम चरणमा

नेकपा एमाले स्याङ्जाको आठौँ जिल्ला अधिवेशन अन्तिम चरणमा

  • मोहन सुनार
  • बुधवार, पौष २१ २०७८


  • नेकपा एमाले स्याङ्जाको आठौँ जिल्ला अधिवेशन  अन्तिम चरणमा

    पौष २१,स्याङ्जा ।नेपाल कम्युनिष्ट पार्टी एमाले स्याङ्जाको आठौँ अधिवेसनको तयारी अन्तिम चरणमा पुगेको छ । यही पुस २३ गते शुक्रबार स्याङ्जाको सिटि हलमा हुने अधिवेशनले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व निर्वाचित गर्नेछ । “जनताको बहुदलीय जनवादको मार्गदर्शन समाजवादको आधार, रुपान्तर र समाजवादमा एमाले हो मूल धार” भन्ने नाराका साथ आयोजित अधिवेसनका लागि जिल्लामा प्रचार प्रसार सहित तयारी अगाडि बढाईएको बुधबार स्याङ्जा सदरमुकाममा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।अधिवेसन सम्पन्न गर्नका लागी जिल्ला अध्यक्ष पारस गैह्रेको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरेर तयारीलाई तिव्र पारिएको छ ।

    जिल्लाका पालिका तथा वडाहरुमा बैठक सम्पन्न गरी अधिवेसनका लागि ६ सय १६ जना प्रतिनिधि छनौट भईसकेका छन् भने छनौट बैठकले अन्तिम संख्या किटान गर्नेछ । ८ सय जना प्रतिनिधि र स्वयम्सेवकहरुका लागि होटल व्यवस्थापन भएको छ ।

    images

    अतिथि सत्कार तथा स्वास्थ्य सेवाको तयारी पूरा भएको पत्रकार सम्मेलनमा प्रचारप्रसार उपसमितिका संयोजक राजेन्द्र डुम्रेले जानकारी गराउनुभयो । पत्रकार सम्मेलनमा पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, प्रेस यनियनका सभापति प्रदिप कोईराला, प्रेस चौतारीका अध्यक्ष मुक्तिप्रसाद न्यौपानेलगायत जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

    बुधवार, पौष २१ २०७८०७:५५:३७

    मोहन सुनार

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend