Logo

शनिवार, कार्तिक १ गते २०८३

images

गठबन्धनसंग एमाले एक्लै जुध्न तयार छ : सचिव अर्याल

गठबन्धनसंग एमाले एक्लै जुध्न तयार छ : सचिव अर्याल

  • कला राना
  • शुक्रवार, पौष २३ २०७८


  • गठबन्धनसंग एमाले एक्लै जुध्न तयार छ : सचिव अर्याल

    पौष २३,स्याङ्जा । नेकपा एमालेका केन्द्रीय सचिव पद्मा कुमारी अर्यालले गठबन्धनसंँग एमाले एक्लै जुध्न तयार रहेको बताउनुभएको छ । पूर्व मन्त्री समेत रहनुभएकी अर्यालले शुक्रबार स्याङ्जाको ८औँ जिल्ला अधिवेसन उद्घाटनका अवसरमा नेकपा एमाले आफ्नो शक्ति, जनता र काममा विश्वास राख्ने पार्टी भएको बताउनुभयो । ओली सरकारले जनताको मनमनमा बस्ने काम गरेको भन्दै जनताले एमालेकै सरकार चाहेको उहाँको भनाई छ ।

    1.JPG
    सचिव अर्यालले सरकारका लागि गठबन्धन गरेका पार्टीहरु पार्टी एकता गरेपनि एमाले जुध्न तयार रहेको उद्घोष गर्नुभयो । ओली सरकारले विकास निर्माणका साथै ऐतिहासिक कार्यहरु गरेकाले आगामी निर्वाचनमा एमाले नै पहिलो पार्टीको रुपमा पुन सरकारमा जानेसमेत उहाँको दावी छ ।विकास र समृद्धिको यात्रामा अगाडि बढेको सरकारलाई सत्ताच्युत गरेर अगाडि बढेका प्रतिगमनकारीहरुले देशलाई संकटमा पारेको सचिव अर्यालको भनाई छ ।

    images

    22.JPG

    उहाँले गठबन्धनको सरकारले भन्न सक्ने कुनै काम नगरेको, देशमा आर्थिक मन्दी आएको र विकास ठप्प भएकाले हिँजो प्रतिपक्षीमा हुँदा गाली गर्नेहरु आज नाजवाफ भएको उल्लेख गर्नुभयो । ’जनताले चुनेर बनाएको सरकारलाई ढलाएर देशमा संकट निम्तिरहेका बेला जनताले एमालेको सरकारलाई सम्झिरहेको उहाँको भनाई थियो ।शुक्रबार देशभरका ६३ जिल्लामा एमाले अध्यक्ष केपि शर्मा ओलीले भर्चुवल माध्यमबाट अधिवेसनको उद्घाटन गर्नुभएकोे हो ।

    3.JPG

    4.JPG

    5.JPG

    शुक्रवार, पौष २३ २०७८०६:३१:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend