Logo

शनिवार, कार्तिक १ गते २०८३

images

एमाले पर्वत अधिवेशन : लिष्ट तयार छ तर पढ्न गाह्रो, को को परे लिष्टमा

एमाले पर्वत अधिवेशन : लिष्ट तयार छ तर पढ्न गाह्रो, को को परे लिष्टमा

  • मोहन सुनार
  • आइतवार, पौष २५ २०७८


  • एमाले पर्वत अधिवेशन : लिष्ट तयार छ तर पढ्न गाह्रो, को को परे लिष्टमा

    पौष २५, पर्वत । नेकपा एमाले पर्वतको नवौं अधिवेशन सहमितिको नाममा लम्बिएको छ । २३ गतेबाट सुरु भएको अधिवेशनले २५ गतेसम्म पनि प्रतिनिधि टुंग्याउन सकेको छैन ।

    जिल्ला अध्यक्ष सहित केही पदाधिकारीमा सहमति हुन नसक्दा अधिवेशन लम्बिएको हो ।

    images

    तर केही दिन पहिले नै जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिव र उप-सचिवको लिष्ट तयार भई सकेको  थियो ।  तयार पारिएको लिष्ट पढ्ननिर्वाचन कमिटिलाई गाह्रो भएको एमाले स्रोतले बताएको छ।

    लिष्टमा अध्यक्ष राजु पौडेल, उपाध्यक्ष पदमपाणी शर्मा, सचिव गोविन्द पहाडी, उप सचिव विमल लामिछाने, शिव पौडेल र महेन्द्रश्रेष्ठको नाम रहेको स्रोतको दाबी छ ।

    तर केही दिन पहिले सम्म पदम पाणी शर्मा, गोविन्द पहाडी र भक्त कुवर पनि अध्यक्षको दावेदार रहेता पनि उनिहरुलाई  हाईकामाण्डले सहमति ल्याएर  मिलाएको जानकारी छ । भक्त कुवरलाई प्रदेश कमिटि सदस्य र मोदी गाउँ पालिका अध्यक्ष बनाउने  भित्र सहमिति भएको बुझिन्छ ।

    यता उप सचिव कुनै पनि हालतमा नछोड्ने दाबीं गरेका महेन्द्र श्रेष्ठलाई आगामी निर्वाचन पैयूँगाउँपालिकाको अध्यक्षको टिकट दिनेआश्वासन दिए पछि उप-सचिव छोडेको स्रोतले बताएको छ ।

    श्रेष्ठले भूगोलबाटै सहमतिको आधारमा उप-सचिव पाउने पक्का थियो । बिहादी र पैयूँले समेत साझा उम्मेदवार बनाउन खोजे पनिश्रेष्ठले अध्यक्षको आश्वासन पाएर छोड्न नहुने केही प्रतिनिधिहरुको भनाई छ ।

    एमालेले महिला पूरूष सतप्रतिशत मिलाएर लैजाने भन्ने गरे पनि लिष्टमा हाल सम्म कुनै पनि महिला नपरेको गुनासो महिला प्रतिनिधिहरुको रहेको छ।

    उनिहरु पदाधिकारीमा दाबेदार भएता पनि लिष्टमा पर्न नसकेको बताएका छन ।

    स्रोतको अनुसार पालिकाबाट जिल्ला कमिटिमा पठाउने सदस्यको सहमिति भएको केही समयमा जिल्ला कमिटि कार्यसमितिको नामघोषणा गर्ने बुझिएको छ ।

    आइतवार, पौष २५ २०७८०४:२२:४८

    मोहन सुनार

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend