Logo

शनिवार, कार्तिक १ गते २०८३

images

एमाले पर्वत अधिवेशन: सोमबार ११ बजे सम्मलाई स्थगित

एमाले पर्वत अधिवेशन: सोमबार ११ बजे सम्मलाई स्थगित

  • मोहन सुनार
  • आइतवार, पौष २५ २०७८


  • एमाले पर्वत अधिवेशन: सोमबार ११ बजे सम्मलाई स्थगित

    पौष २५, पर्वत । नेकपा एमाले पर्वतको नवौं अधिवेशन सोमबार ११ बजे सम्मकोलागि स्थगित भएको छ ।

    सर्वसहमतिमा नेतृत्व चयन गर्ने भन्दै निर्वाचन समितिले स्थगित  गरेको हो ।

    images

    यस अघि निर्वाचन समितिले जिल्ला कमिटि सदस्यको लागि पालिकाहरुबाट सर्वसहमतिमा सदस्यहरुको नामावलि समेत मागेको थियो  । जस मध्ये ४ वटा पालिकाले आफ्नो पालिकाको सदस्यहरुको नामावली  दिई सकेको छ भने ३ वटाको आउन बाकि छ ।

    यि हुन पैयूँ गाउँ कमिटिले सिफारीस गरेका सदस्यहरु

    चण्डी भुर्तेल, डिल बहादुर गुरुङ, लिला भुसाल, याम कुमारी राना, गोमता शर्मा, झपकला काफ्ले, शर्मिला नेपाली र आईसा खातुनलाईपैयूँ गाउँ कमिटिले सर्वसहमतिमा जिल्ला कमिटि सदस्यमा सिफारीस  गरेको छ । उनिहरुलाई सर्वसहमतिमा पठाईएको गाउँ कमिटिअध्यक्ष चोकलाल न्यौपानेले जानकारी दिए ।

    आइतवार, पौष २५ २०७८०६:३०:०७

    मोहन सुनार

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend