माघ १०, स्याङ्जा । नेकपा एमाले केन्द्रीय सचिव, पूर्व मन्त्री तथा संघीय सांसद पद्मा अर्यालले लोकतन्त्रको मूल मर्म निर्वाचन भएको बताउनुभएको छ । सोमबार प्रेस चौतारी नेपाल स्याङजाको पाँचौ अधिवेसनको उद्घाटन गर्नुहुँदै सांसद अर्यालले अघिल्लो पटक भएका निर्वाचन यही संविधान अनुसार भएको भन्दै यस पटक संविधान संसोधन गरेर निर्वाचन गर्ने भन्ने विषयले गठबन्धनको सरकार निर्वाचनबाट भाग्न खाजेको बताउनुभयो ।
निर्वाचन पर सार्नु कानुनी प्रश्न होईन राजनीतिक प्रश्न भएको भन्दै चुनावबाट विभिन्न पार्टीहरु असुरक्षित महशुस गरेको उहाँको भनाई छ । यही वैशाख मसान्तमा स्थानीय सरकारको समय अवधि सकिने भन्दै चुनावलाई धकेल्नु भनेको देशलाई संकटमा पार्नु भएको भन्दै स्थानीय चुनाव पछि सार्दा जनता मर्कामा पर्ने उहाँले बताउनुभयो ।
साथै उहाँले समाजलाई सूसुचित बनाउने सञ्चार माध्यम तथा पत्रकारहरु स्वतन्त्र हुनुपर्ने उल्लेख गर्नुभयो । पछिल्लो समय पत्रकारितामाथि प्रश्न उठिरहेको भन्दै परिवतित समय अनुसार परिर्माजन हुन आवश्यक रहेको बताउनुभयो ।
यसैबीच पाँचौं जिल्ला अधिवेसनले हरिप्रसाद सुवेदी (सुशिल) को अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ । सुवेदीको अध्यक्षतामा दुई सदस्य पछि थप गर्ने गरी १९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा मणिप्रसाद अर्याल र कला राना, सचिव जीवन अर्याल, कोषाध्यक्ष माधव गैह्रे, सहसचिव द्वयमा सुनिल न्यौपाने र राधाकृष्ण शर्मा रहुनभएको छ भने सदस्यहरुमा मोहन सुनार, हरि अर्याल, पूर्णिमा नेपाली, अनिता गौतम, नारायण चापागाई, माधवप्रसाद रेग्मी, सविन लामिछाने, द्रवेन्द्रदेव खनाल, र नारायणप्रसाद कोईराला रहनुभएको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रदेश अध्यक्ष सुष्मा पौडेलले शपथ ग्रहण गराउनुभएको थियो ।
पाँचौं जिल्ला अधिवेसनका अवसरमा चौतारीले संस्थापक अध्यक्ष र पूूर्व अध्यक्षलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा चौतारीका संस्थापक अध्यक्ष राजेन्द्र डुम्रे, पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य हिमलाल पराजुलीलाई सम्मान गरिएको हो । यसैगरी तीनजनालाई पत्रकारिता पुरस्कारबाट पुरस्कृत समेत गरिएको छ । गुप्ततारा स्मृति प्रतिष्ठान पत्रकारिता पुरस्कारबाट कला राना, इन्द्र ईना स्मृति पुरस्कारबाट मोहन सुनार र सुनिल न्यौपानेलाई नगद र सम्मान पत्रले सम्मान गरिएको हो । गुप्ततारा पुरस्कारको राशि १० हजार र इन्द्र ईनाको पुरस्कार राशि ५÷५ हजार रहेको छ ।