Logo

शनिवार, कार्तिक १ गते २०८३

images

बालुवाटारमा प्रधानमन्त्री देउवा, ओली र प्रचण्डबीच बैठक सुरु

बालुवाटारमा प्रधानमन्त्री देउवा, ओली र प्रचण्डबीच बैठक सुरु

  • PNN Times
  • आइतवार, माघ २३ २०७८


  • बालुवाटारमा प्रधानमन्त्री देउवा, ओली र प्रचण्डबीच बैठक सुरु

    माघ २३ ।  बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ।

    स्थानीय तह निर्वाचनको मिति, एमसिसीलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे आज अपरान्ह उनीहरू बालुवाटारमा भेटवार्तामा जुटेका हुन्।

    images

    प्रधानमन्त्री देउवाले आज प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष ओलीलाई बालुवाटार बोलाएका थिए। भेटवार्तामा प्रचण्ड पनि सहभागी छन्।  यस्तै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की र एमाले महासचिव शंकर पोखरेल पनि भेटवार्तामा सहभागी छन्।

    आइतवार, माघ २३ २०७८०४:४२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend