२९ माघ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन खोजेको हो ? भनी प्रश्न गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार प्रधानमन्त्री देउवा, प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो । छलफलमा प्रचण्डले प्रधानमन्त्री देउवालाई सभामुखबारे प्रश्न गरेका उनी निकट एक नेताले जानकारी दिए ।
‘यो (सभामुख हटाउने विषय) सोच्नै सकिँदैन । केही (हस्ताक्षर) संकलन भएको छैन र होइन । अनावश्यक हल्ला भएको विषयमा कुरै नगरौं’ देउवाको जवाफबारे प्रचण्डको ब्रिफिङ सुनेका ती नेताले भने।