Logo

शनिवार, कार्तिक १ गते २०८३

images

देउवा–प्रचण्ड भेटवार्ता : आज संसदमा एमसीसी टेबल नगर्ने सहमति

देउवा–प्रचण्ड भेटवार्ता : आज संसदमा एमसीसी टेबल नगर्ने सहमति

  • PNN Times
  • बुधवार, फाल्गुण ४ २०७८


  • फागुन ४ , काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी आजको प्रतिनिधि सभा बैठकमा पेश नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज पेश नगर्ने सहमति भएको हो । 

    प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार भोलि ३ बजे गठबन्धनका नेताहरुको बैठक बस्ने सहमति भएको छ । एमसीसीबारे सो बैठकले थप निर्णय गर्ने बताइएको छ ।  संसदीय दलको बैठकबाट  एमसीसीको विपक्षमा उभिने निर्णय गरेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । माओवादी केन्द्रले एमसीसी जबरजस्ती अघि बढाउन खोजे गठबन्धन तोडिने चेतावनी दिएको छ ।


    images

    बुधवार, फाल्गुण ४ २०७८०१:१४:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend