भदौ,१९ । गण्डकी । गण्डकी प्रदेशका थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार दिउँसो १।४५ को अध्यावधिक विवरण अनुसार प्रदेशमा ४३ नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २ हजार ३९७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोदविन्दु शर्माले जानकारी दिए।
निर्देशक शर्माका अनुसार शुक्रबार संक्रमित हुनेमा सबैभन्दा बढी नवलपरासी ९सुस्तापूर्व० का २४ जना रहेका छन्। त्यस्तै गोरखाका १६, मनाङ, कास्की र स्याङ्जामा एक÷एक जना संक्रमित थपिएका छन्।
आज बिहान गण्डकीमा थप ४० जनामा कोरोना पुष्टि भएको थियो। विहान र दिउँसोको विवरणअनुसार गण्डकीमा आजमात्रै ८३ जना कोरोना संक्रमित थपिएका हुन। संक्रमित सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ।
#नेपाल खबरबाट