Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा : मेयरमा ८ र उपमेयरमा ९ जनाको आंकाक्षा

वालिङमा : मेयरमा ८ र उपमेयरमा ९ जनाको आंकाक्षा

  • PNN Times
  • आइतवार, चैत्र २७ २०७८


  • स्याङ्जा, २७ चैत । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली काँग्रेस वालिङबाट नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नको लागि ८ र उपमेयरमा ९ जनाले आकांक्षा देखाउनुभएको छ ।

    वालिङ नगरपालिकामा आज भएको छलफलमा वर्तमान मेयर, पूर्वमेयर सहित ८ जनाले मेयर बन्नलाई आकांक्षा देखाउनुभएको वालिङ नगरपालिका नगर कार्यसमितिका सचिव राजु तिवारीले जानकारी दिनुभयो ।

    images

    हालका मेयर दिलिप प्रताप खाँण, पूर्व मेयर भोजराज अर्यालसँगै केदार काफ्ले, कल्पना तिवारी, दामोदर लम्साल, लक्ष्मी प्रसाद रेग्मी, अर्जुन प्रकाश अर्याल र नेत्र प्रसाद पाण्डेले स्थानीय तहको निर्वाचनको लागि मेयर पदमा उम्मेदवारी बन्ने आकाक्षा देखाउनुभएको हो । 

    त्यसैगरी उपमेयरमा कविता तिवारी गैह्रे, शोभा गैह्रे, अर्जुन प्रसाद खनाल, कविता भुषाल, रेखा थापा, बसन्त कुमार मल्ल, यूगमाया पंगेनी, मैयादेवी लम्साल र पदमराज गुरुङले आकाक्षां देखाउनुभएको नगर सचिव तिवारीले बताउनुभयो । 

    आइतवार, चैत्र २७ २०७८०८:३२:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend