भदौ ४, गण्डकी । स्याङ्जाको भिरकोट नगरपालिकाको पर्यटकीय क्षेत्र स्वरेक मैदान गण्डकी प्रदेशमा प्रख्यात छ । स्वरेक मैदान प्यालाग्लाईडिङको लागि पोखरा पछिको मुख्य ठाउँ मानिन्छ । यहाँ दक्षिण एसिया कै पहिलो प्यालाग्लाईडिङ स्कुल समेत रहेको छ । जहाँ देश तथा विदेशबाट प्यालाग्लाईडिङ सिक्न धेरै प्रशिक्षार्थी आउने गर्दछ ।




















