Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्याङजामा सवारी चालकलाई ट्राफिकको ‘नमस्कार’ अभियान

स्याङजामा सवारी चालकलाई ट्राफिकको ‘नमस्कार’ अभियान

  • PNN Times
  • सोमवार, भाद्र २९ २०७७


  • स्याङजामा सवारी चालकलाई ट्राफिकको ‘नमस्कार’  अभियान

    भदौ २९, स्याङजा ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङजाले स्याङजाका सवारी चालकहरुलाई नमस्कारको अभियान शुरु गरेको छ । नमस्कारको अभियान ट्राफिक प्रहरीको पहिचान भन्ने मुल उद्देश्यका साथ ट्राफिक कार्यालय स्याङजाले यो अभियान शुरु गरेको हो । 
    स्याङ्जालाई दुर्घटना रहित जिल्ला बनाउने उद्देश्यले चालक वर्गलाई नमस्कारको अभियान शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरिक्षक कर्मबहादुर चुनाराले जानकारी दिए । सई चुनाराले चालक वर्गहरुलाई व्यवहारमा सम्मान र कारबाहिमा कडा गर्दै आईरहेको बताए । 

    सडकमा हुने सवारी दुर्घटनालाई कम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले पुतलीबजार नगरपालिका–४ रामकोषमा र ११–करेण्डाडामा सचेतना बोर्ड राखेको छ । 

    images

    सोमवार, भाद्र २९ २०७७०९:३४:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend