Logo

शनिवार, कार्तिक १ गते २०८३

images

राष्ट्रिय बाल दिवशको अवसरमा सामाजिक विकास मन्त्रालयबाट बालगृहलाई खाद्यान्न सहयोग

राष्ट्रिय बाल दिवशको अवसरमा सामाजिक विकास मन्त्रालयबाट बालगृहलाई खाद्यान्न सहयोग

  • PNN Times
  • सोमवार, भाद्र २९ २०७७


  • राष्ट्रिय बाल दिवशको अवसरमा सामाजिक विकास मन्त्रालयबाट बालगृहलाई खाद्यान्न सहयोग


    भदौ २९, फेदिखोला स्याङजा । राष्ट्रिय बालदिवशको अवसरमा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले  खाद्यान्न सहयोग गरेको छ । मन्त्रालयले स्याङजाको फेदिखोलामा रहेको अमोर सेवा नेपाल बालगृहलाई खाद्यान्न सहयोग गरेको हो । 
    बालगृहलाई चामल २ बोरा, नुन १० प्याकेट, चना ५ किलो, दाल ५ किलो, सानो केराउ ५ किलो, हेण्डवास २० वटा, मास्क ५०० वटा, ब्रस २० वटा, साबुन ६० वटा सहयोग गरेको हो ।
    मन्त्रालयले राष्ट्रिय वाल दिवशको दिन अनुगमन गर्न जाने क्रममा केही सहयोग गरौ भनेर खाद्यान्न सामान दिएको जनाएको छ ।  
    कोभिड १९ ले के कस्तो प्रभाव पारेको छ भनेर हामी अनुगमन गर्न गएका थियौ सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको प्रमुख महिला विकास अधिकृत जमुना पौडेलले पैयुँ पोष्टसंग कुरा गर्दै भन्नुभयो सोही बेला खाद्यान्न सहयोग पनि गरेका हौ । प्रमुख पौडेलले अमोर सेवा नेपालले सामाजिक क्षेत्रमा राम्रो काम गरेको र बालगृह संचालक कमला पराजुलिको साहसिक  कामलाई सम्मान गर्नु पर्ने बताउनु भयो। समाजमा युवाहरुले केही गर्नु पर्छ भनेर लागेको बेला सबैले सहयोग गर्नु पर्ने बताउनु भयो । 

    २०६८ साल देखी संचालनमा रहेको बालगृहमा अहिले २० जना बालबालिका रहेका छन । बालगृहले हाल सम्म कुनै पनि विदेशी सहयोग लिएको छैन । हाल लकडाउनका कारण बालगृह संचालनमा केही समस्या रहेको अमोर सेवा नेपालले जनाएको छ ।

     

    images

     

    सोमवार, भाद्र २९ २०७७१०:०९:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend