Logo

शनिवार, कार्तिक १ गते २०८३

images

विज्ञान र विज्ञान दिवश-मोहन भण्डारी

विज्ञान र विज्ञान दिवश-मोहन भण्डारी

  • PNN Times
  • बिहिवार, आश्विन १ २०७७


  • mohna sir.PNG

    मोहन भण्डारी,

    images

    असोज १, मानिस खोज, अनुसन्धान र नव प्रवर्तनका लागी सधै अग्रसर र तत्पर रहेको हुन्छ । कुनै पनि समाज र राष्ट्रको सन्तुलित विकासको लागी शिक्षा, स्वास्थ्य, नैतिकता, न्याय, संस्कृति जस्ता विषय निर्माण गर्ने तथा मानव अवस्थालाई सुधार गर्न विज्ञानको अहम भुमिका हुने गर्दछ ।

    गरिबी निवारण, रोजगारी सृजना, वैकल्पिक शक्तिको विकास गर्ने देखी वर्तमान समयमा भरपुर उपयोग बनेका इन्टरनेट, गुगल, स्मार्टफोन सबै विज्ञानकै उपज हुन र कुनै समयका अब्बल प्राध्यापक र अन्वेषणकर्ताका उपहार हुन । आवश्यकतालाई परिपुर्ति गर्ने, दर्शनलाई व्यवहारिक दृष्टिगत गराउने काम विज्ञानले गर्दछ । प्रकृति र मानवलाई जोडेर प्राकृतिक न्यायको मार्ग दर्शन विज्ञानबाट मात्र सम्भव हुन्छ । 

     विज्ञान र प्रविधिको उपयोग र जनचेतना फैल्याउने उद्देश्यका साथ विक्रम संवत २०६९ साल मंसिर ८ गते डाक्टर बाबुराम भट्टाराई प्रधानमन्त्री भएको बेला नेपालमा प्रत्येक वर्ष असोज १ गते विज्ञान दिवश मनाउने निर्णय गरियो । पब्लीक साईन्स कलेज (हालको अमृत साइन्स कलेज)  को स्थापना दिनको अवसरमा विज्ञान दिवश मनाउने निर्णय भएको हो । 
    उक्त दिन विज्ञान र प्रविधिको क्षेत्रमा अतुलनिय योगदान पुर्याउनु भएका स्वर्गिय अमृत प्रसाद प्रधानको स्मृति दिवश पनि पर्ने गर्दछ । 
    विज्ञान र प्रविधिको क्षेत्रमा अग्र स्थानमा रहेका राष्ट्रहरु विकासको उच्च श्रेणीमा छन भने यसमा पछाडी परेका राष्ट्रहरु कम विकसीत छन । जुन देशमा विज्ञान र प्रविधिलाई बजेट, निति निर्माण र कार्यान्वयनको पाटोमा अग्र स्थानमा राखिन्छ । उक्त राष्ट्रमा मानव जिवन अन्वेषणको क्षेत्र र विकास तिव्र गतिमा अगाडी बढेको छ । 

    हाम्रो देश नेपालमा अनुसन्धान र विकासमा लगानी जम्मा वार्षिक जिडिपीको ०.३ प्रतिशत मात्र छ । जुन अत्यन्तै न्यून हो । विज्ञानलाई चुनावी नारा र केही क्षणको संवेग उत्पन्न गराउनको लागि मात्र प्रयोग गरिनु अत्यन्तै दुःखद र अदुरदर्शी हुदै आएको छ । हाम्रो जस्तो राष्ट्रमा कृषि आधुनिकीकरण, सौर्य उर्जा,  हाइड्रो, वायुउर्जा जस्ता क्षेत्रमा अग्रसरता लिदै खोज तथा अन्वेषणको क्षेत्रमा अगाडी बढ्न सके देश विकासको नयाँ बाटो सतहमै देखिन सुरु गर्छ । 

    जुन देशमा विज्ञानलाई भाषण उपमा र विशेषणमा जोडिन्छ व्यवहार प्रयोगात्मक रुपमा गरिदैन त्यो देशको विकास सम्भव हुदैन । देश विकासका विज्ञानलाई गर्नुपर्दछ ।  विज्ञान र प्रविधिको उपयोग विस्तार बारे जनचेतना फैल्याउने, वैज्ञानिक खोज तथा अनुसन्धानमा संलग्न नव प्रतिभालाई प्रोत्साहन गर्ने, विज्ञान–प्रविधि अध्ययन अध्यापनमा विद्यार्थी तथा शिक्षकलाई आकर्षित गर्ने  र युवा जनशक्तिलाई स्वदेशमा नै रहेर रोजगारीको वातावरण सिर्जना गरी प्रतिभा पलायनको प्रकृतिलाई न्यूनिकरण गर्ने लक्ष्यका साथ मनाईदै आइरहेको विज्ञान दिवशको यस वर्षको नारा “स्वास्थ्य र गुणस्तरीय जिवनका लागी विज्ञान” रहेको छ ।

    वर्तनमा समयमा महामारीको रुपमा फैलिएको कोभिड १९ को रोकथाम तथा न्यूनिकरणको लागी विज्ञान दिवशले नयाँबाटो प्रदर्शन गर्नु पर्दछ । योग, ध्यान, प्रकृति प्रेम, प्राकृतिक मेलमिलाप, आयुर्वेद तथा प्राकृतिक चिकित्सा प्रद्धति, हाम्रो पुरानो सांस्कृतिक तथा मोलिक पनको वैज्ञानिक आधार खोज गरी मानवमा वैज्ञानिक चेतनाको अभिवृद्धि गर्दै स्वास्थ्यकर जिवनका लागि अगाडी बढ्नु आजको आवश्यकता हो । 

    समाजलाई रुढीबादी चिन्तनबाट बाहिर निकाली समय र आवश्यकता अनुसार रितिरिवाज र चालचलनमा समेत परिर्वतन गर्दै वैज्ञानिक चेतनाको प्रादुर्भाव गर्नको लागी मन्त्रालय देखि वडा तह सम्म ध्यान जान जरुरत छ । घर तथा विद्यालयदेखी विश्व विद्यालय तह सम्मका विद्यार्थीहरुलाई प्रविधिमैत्री तथा प्रयोगमुखी बनाउन प्रयोगशाला निर्माण र उपयोग गर्ने, सडक देखी सदनसम्म वैज्ञानिक चेतना अभिवृद्धी गर्ने । किसान देखी विभिन्न कार्यालय प्रमुख सम्म विज्ञानलाई जोड्न सके देशको चौतर्फी विकास छिटै सम्भव छ । 

    लेखक श्री जनसेवा संस्कृत माध्यमिक विद्यालय पैयुँ –४ पर्वतका विज्ञान  शिक्षक हुन । 

    बिहिवार, आश्विन १ २०७७०९:५०:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend