Logo

शनिवार, कार्तिक १ गते २०८३

images

हो कमरेड ! म कमलरी थिएँ, मेरो विगत सम्झाइ राख्नु पर्दैन - शान्ता चौधरी

हो कमरेड ! म कमलरी थिएँ, मेरो विगत सम्झाइ राख्नु पर्दैन - शान्ता चौधरी

  • PNN Times
  • सोमवार, बैशाख ६ २०७८


  • हो कमरेड ! म कमलरी थिएँ, मेरो विगत सम्झाइ राख्नु पर्दैन - शान्ता चौधरी
    चैत्र ६, काठमाण्डौ ।  हो कमरेड ! म कमलरी थिएँ । जमिन्दारको  घरमा भाँडा माझेर  १८ वर्ष बिताएको थिएँ । यस बारे मैले धेरै बताई रहन पर्दैन तर म बिगतमा जति अपमानित भएँ , हेप्पिएँ सायद मुक्त भए पछि कहिल्यै अपमानित हुन पर्दैन, यही सोच्ने गर्थें । 

    तर आज पनि मैले  बोल्ने बित्तिकै तँ कमलरी होस नबोल, मैले लेख्ने बित्तिकै तँ कमलरी होस नलेख भन्ने आसयबाट प्रतिक्रिया आउन थाल्छ । त्यसैले कहिलेकाहीं मान्छेका मस्तिष्कमा अनि मनमा गढेको सामन्तवाद जिँउदै रहेछ जस्तो लाग्छ । 
    शोषणको दनदनी दन्किएको आगोमा जल्दाको पिडा कस्तो हुन्छ भन्ने अनुभुति गरेकाले होला यस्ता अभिव्यक्तिले मलाई ग्लानी होईन उर्जा थपेको हुन्छ । 
     
    कमरेडहरु , 
    मैले कमरेड माधव नेपालको अपमान कहिले गरें ? एकपटक बताई दिनुहोस् न कमरेड ! मलाई संविधान सभाको सदस्य बनाउन  वहाँले गरेको योगदानको तिरस्कार मैले कहिले गरें ? भनिदिनुहोस न  कमरेड ! 
    मेरो नेतालाई मैले अनुरोध गर्न पाउँछु कि पाउँदिन ? मैले धेरै जानेको छु , मार्क्सवादको ज्ञाता हो भन्ने म जस्तो सिकारुले कुनै दम्भ , घमण्ड गर्नु छैन र कहिल्यै गरेको पनि छैन । 

    तर यत्ति हेक्का गर्दा हुन्छ कमरेड, आफुले जन्माएका आफ्ना सन्तान साना  बालबालिकाका कुरा पनि बुवा आमाका निम्ति ज्ञानवर्दक हुन सक्छन । मलाई राजनीतिक मैदानमा ल्याएर अँखा खोलिदिने आदरणीय नेताको इतिहास सुनौलो देख्न चाहन्छु म । 
    लामो समयसम्मको त्याग बलिदान र समर्पणको इतिहास मेटाउँदै  राजनीतिक जीवनको उत्तरार्धमा आइपुग्दा वहाँबाट कुनै गल्ती नगरे हुन्थ्यो भन्ने चाहन्छु म । 
    नेकपा हुँदा त्यो विशाल पार्टीको महाधिवेशनबाट एक पटक अध्यक्ष बनाउने प्रगाढ इच्छा थियो, म र म जस्ता कयौं शुभचिन्तकको लाख बिन्ती सुन्न सक्नु भएमा त्यसमा दुःख लाग्छ मलाई । 

    आज पनि पार्टी  निर्माणको नेतृत्व गर्ने बाटो हिंड्नुहोस तर ध्वंसको होईन, एउटा श्रद्धा गरेको मेरो नेतालाई , आदरणीय मानेको मेरो  नेतालाई  लेखेर भन्छु, बोलेर भन्छु , चिच्याएर भन्छु । 

    सोमवार, बैशाख ६ २०७८०८:१५:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend