Logo

शनिवार, कार्तिक १ गते २०८३

images

ढिस्कोले पुरिँद एकजनाको मृत्यु

ढिस्कोले पुरिँद एकजनाको मृत्यु

  • PNN Times
  • मंगलवार, आश्विन १३ २०७७


  • ढिस्कोले पुरिँद एकजनाको मृत्यु

    असोज १३, वालिङ । स्याङ्जाको वालिङमा ढिस्कोले पुरिएर मँगलबार एकजनाको मृत्यु भएको छ । वालिङ नगरपालिका वडा नम्बर ११ स्थित पनिर गैह्रामा  स्थानीय ३५ वर्षीय दुर्गाबहादुर थापाको गिटी निकाल्ने क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।

    विहान ९ बजे गिटी निकालिरहेका बेला माथिबाट ढिस्को झरी दुर्गाबहादुरसँगै रहेका मुना थापा र नारायणी सिंजाली पनि घाइते भएका थिए ।

    images

    घाइते भएका तीनैजनालाई तत्काल  गह्र्रौ घ्याङ्लिङ अस्पताल वालिङमा उपचारका लागि ल्याइएको थियो । उपचारकाक्रममा दुर्गाबहादुरको १० बजे मृत्यु भएको हो भने मुना थापा र नारायणी सिंजाली डिस्चार्ज भएका छन् ।
     

    मंगलवार, आश्विन १३ २०७७०६:३६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend