Logo

शनिवार, कार्तिक १ गते २०८३

images

गल्याङमा दुग्ध संकलन केन्द्रमा पशुहरुको स्वास्थ्य परीक्षण

गल्याङमा दुग्ध संकलन केन्द्रमा पशुहरुको स्वास्थ्य परीक्षण

  • PNN Times
  • मंगलवार, आश्विन १३ २०७७


  • गल्याङमा दुग्ध संकलन केन्द्रमा पशुहरुको स्वास्थ्य परीक्षण

    असोज १३, गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाले दुग्ध संकलन केन्द्रमा पशुहरुको परीक्षण गरेको छ । गल्याङ नगरपालिका पशु सेवा शाखाको समन्वयमा दुग्ध संकलन केन्द्रमा पुगेर किसानले पालिरहेका पशुहरुको परीक्षण गरिएको हो ।
    १६ वटा दुग्ध संकलन केन्द्र रहेको गल्याङमा मँगलबार वडा नम्बर ११ को दिमिक दुग्ध सँकलन केन्द्रमा परीक्षण गरिएको छ । किसानलाई प्राविधिक परामर्श सहित पशुको गोबर तथा अन्य समस्याहरुको बारेमा सम्बन्धित ठाउँमा नै पुगेर परीक्षण गरिएको पशु शाखा प्रमुख सुशिल अर्यालले जानकारी दिनुभयो ।
    दिमिक दुग्ध संकलन केन्द्रमा झण्डै एक सय किसानका दुई सय भन्दा बढि पशुको परीक्षण गरिएको पशु शाखा प्रमुख अर्यालले बताउनुभयो ।
    नगरपालिकाका अरु दुग्ध संकलन केन्द्रमा पनि नियमित रुपमा पशुहरुको परीक्षणको जारी रहने पशु शाखा प्रमुख अर्यालले उल्लेख गर्नुुभयो ।
    दुध उत्पादनमा उत्साहित रहेका किसानहरुलाई थप सहयोग गरी अझै हौसला प्रदान गर्नका लागि टोलमा नै पुगेर पशुको उपचारमा संलग्न भएको उहाँको भनाई छ ।
    नगरपालिकाले प्रतिलिटर १५ रुपैयाँ अनुदान दिएपछि किसानहरु दूध उत्पादनमा सक्रीयता बढेकोे छ । अहिले स्थानीय आवस्यकता पूरा गरी दैनिक करिब तीन हजार लिटर दूध बाहिरी बजारमा पठाइने गरिएको नगरपालिकाले जनाएको छ । 

    मंगलवार, आश्विन १३ २०७७०६:४०:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend