Logo

शनिवार, कार्तिक १ गते २०८३

images

रामपुरमा गौशालिक अनावरण

रामपुरमा गौशालिक अनावरण

  • PNN Times
  • मंगलवार, भाद्र २६ २०८०


  • रामपुरमा गौशालिक अनावरण

    पाल्पाको रामपुरमा गौशालिकको अनावरण गरिएको छ । नगरपालिका–६, मिलनचोकमा रामपुर नगर गौशाला समितिद्वारा निर्मित कामधेनु गाईको शालिक वैदिक विधि पूर्वक प्राण प्रतिष्ठा गरी अनावरण गरिएको हो ।

    गौशालिक निर्माण संँगै मिलनचोकलाई गौशाला चोक नामाकरण गरिएको छ । गाई र दूध खाँदै गरेको बाच्छो सहितको गौशालिक अनावरण गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले पछिल्लो समय धार्मिक विवादहरु बाहिर आईरहेको सन्दर्भमा सहिष्णुता कायम गरी एकले अर्को धर्मको सम्मान गर्दै अघि बढ्न आग्रह गर्नुभयो । उहाँले चल्दै आएकोे धर्म र संस्कृतिलाई निरन्तरता दिनु आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले गाई राष्ट्रिय जनावर मात्रै नभई धार्मिक, संस्कृतिक महत्व रहेकाले संरक्षणमा ध्यान दिनु हामी सबैको दायित्व भएको उल्लेख गर्नुभयो । गाईको संरक्षणका लागि सञ्चालन हुँदै आएको गौशाला व्यवस्थापनमा नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको जानकारी दिनुभयो ।
    कार्यक्रममा रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले गौमाताले दैनिक जीवनमा मात्र नभई संस्कार र संस्कृति संरक्षणमा पनि टेवा दिने बताउनुभयो । 
    नगर गौशालाको पहिचान संगै यसलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न ९० हजारको लागतमा शालिक निर्माण गरिएको समितिले जनाएको छ । 
    कार्यक्रममा राजनीतिकर्मी, सांस्कृतिक एवम् धार्मिक व्यक्तित्व, सामाजिक अभियन्तालगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

    मंगलवार, भाद्र २६ २०८००५:३२:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend