Logo

शनिवार, कार्तिक १ गते २०८३

images

आँधिघाटमा धर्मशाला निर्माणसहित धार्मिक र पर्यटकीय स्थलकारुपमा विकास गरिने

आँधिघाटमा धर्मशाला निर्माणसहित धार्मिक र पर्यटकीय स्थलकारुपमा विकास गरिने

  • गोपाल जिटी
  • शुक्रवार, मंसिर ८ २०८०


  • आँधिघाटमा धर्मशाला निर्माणसहित धार्मिक र पर्यटकीय स्थलकारुपमा विकास गरिने

    मंसिर ८, वालिङ

              प्रवद्र्धनको पर्खाइमा रहेको भक्तेश्वर महादेवको मन्दिर र आँिधघाटमा धर्मशाला निर्माणसहित धार्मिक र पर्यटकीय स्थलकारुपमा विकास गरिने भएको छ । बिहिबार हरिवोधनी एकादशीका दिन यस पवित्र स्थलका संरक्षक परिवारका सदस्यहरुले स्नान गर्न आउने भक्तालुहरुको उपस्थितिमा यस्तो जानकारी गराएका हुन् । कालिगण्डकी नदीको बेग्लै ऐतिहासिक र पौराणिक महत्व रहेको छ ।
          कालिगण्डकीको तटीय क्षेत्रमा धार्मिक तथा सांस्कृतिक महत्वका धेरै पवित्र स्थलहरु छन् त्यसमध्ये आँधिघाट पनि एक हो ।
    स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्वर १ मा पर्ने आँधिघाटमा वाइसे चौविसे राज्यका पालामा स्थापना गरिएको भक्तेश्वर महादेवको मन्दिर स्थापना गरिएको संरक्षक परिवारका सदस्य दिलीपप्रताप खाँडले जानकारी दिनुभएको छ ।
    यहाँ बनेको भक्तेश्वर महादेवको मन्दिर गह«ौंकोटका अन्तिम स्वतन्त्र राजा श्रीभक्त खाँडले स्थापना गरेको वालिङ नगरपालिकाका निवर्तमान प्रमुखसमेत रहनुभएका खाँडले बताउनुभएको होे । आँफूलगायत खाँड परिवारको संरक्षकत्वमा यो ठाउँको महत्व उजागर गर्दै प्रवद्र्धन गरिने उहाँको भनाई छ । यो मन्दिरका नाममा चापाकोटका बिभिन्न स्थान र वालिङमासमेत गरी सयौं रोपनी गुठीको जग्गा रहेको उल्लेख गर्दै खाँडले ती जग्गाहरुको संरक्षणसँगै आँधिघाट धामको प्रवद्र्धन गरिने उल्लेख गर्नुभयो ।

    images

      P1.jpg

             यहाँ दैनिक पूजाका साथै भजन किर्तन हुने गर्दछ । टाढा टाढादेखि भक्तजनहरु यहाँ आई पुजाआजा लगाउने गर्दछन् । वालिङ, रोग्दीठाँटी, चौघेरा, पकवादी, भीरकोटलगायतका क्षेत्रको मानिसहरुको मृत्युपश्चात अन्त्यष्टि गर्ने स्थान पनि हो । 
    यसैगरी खाँड परिवारकै अर्का संरक्षक सदस्य सुरजप्रताप खाँडले १० कोठे भवनसहितको धर्मशाला निर्माण गरिने जानकारी दिनुभयो । योसँगै मन्दिरको पुनर्निर्माण, हवन कुण्ड, विश्राम स्थल निर्माणसहित आँधिघाटको धार्मिक र पर्यटकीय रुथलकारुपमा विकास गरिने बताउनुभयो । स्थानीय टिकाराम तिवारी, राजेन्द्र भण्डारी, कृष्णप्रसाद भण्डारी तथा विदेशमा रहेका प्रकाश भण्डारीलगायतका सामाजिक तथा सहयोगी व्यक्तिहरुको सक्रीयतामा आँधिघाटको धार्मिक र पर्यटकीय रुथलकारुपमा विकास गरिने खाँडले उल्लेख गर्नुभयो ।

    शुक्रवार, मंसिर ८ २०८००५:३२:३८

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend