Logo

शनिवार, कार्तिक १ गते २०८३

images

एमाले गण्डकीको अधिवेशनले राष्ट्रिय एकता र सद्भावको सन्देश दिने

एमाले गण्डकीको अधिवेशनले राष्ट्रिय एकता र सद्भावको सन्देश दिने

  • PNN Times
  • आइतवार, भाद्र ३१ २०८०


  • एमाले गण्डकीको अधिवेशनले राष्ट्रिय एकता र सद्भावको सन्देश दिने

    असोज १५ र १६ गते पोखरामा हुने नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन राष्ट्रिय एकता र सद्भावको सन्देश दिने गरी तयारी गरिएको छ । 
    एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने अधिवेशन पूर्व आयोजना गरिने प्रदर्शनमा गण्डकी प्रदेशको हिमाल–पहाड– तराइको सम्पूर्ण साँस्कृतिक झाँकी प्रस्तुत गरिने  भएको हो । झाँकी ब्यवस्थापन उपसमिति संयोजक हुमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले एमाले गण्डकी प्रदेश अधिवेशनको उद्घाटन ¥यालीले साँस्कृतिक विविधताको संगम, राष्ट्रिय एकता र सद्भावको सन्देश दिने गरी तयारी गर्ने निर्णय गरेको हो । यसका लागि गण्डकी प्रदेशको प्रथम अधिवेशन साँस्कृतिक झाँकीले झकिझकाउ हुने भएको छ ।
    अधिवेशनमा घाँटु, चुडका, छ्याडु, कौरा, सोरठी, बालन, भजन, तायमचा, लाखे नाच, लठ्ठी नाच, तामाङ सेलो, थकाली, हिमाली नाच, गन्धर्व संस्कृति, नौमति बाजा लगायत विभिन्न समुदायगत र क्षेत्रगत मौलिक प्रस्तुतिहरु हुने झाँकी संयोजक गुरुङले जानकारी दिनुभयो ।

    आइतवार, भाद्र ३१ २०८००६:१९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend