Logo

शनिवार, कार्तिक १ गते २०८३

images

संविधान दिवसका अवसरमा संचारकर्मीसंग नेकपा (एमाले)

संविधान दिवसका अवसरमा संचारकर्मीसंग नेकपा (एमाले)

  • PNN Times
  • बुधवार, आश्विन ३ २०८०


  • संविधान दिवसका अवसरमा संचारकर्मीसंग नेकपा (एमाले)

    संविधान दिवसको सन्दर्भमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले  बुधबार  “संचारकर्मीसंग नेकपा (एमाले) “कार्यक्रम  सम्पन्न गरेको  छ । कार्यक्रममा पार्टी सचिब तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले  संविधानप्रति बितृष्णा फैलाउने तत्वको  सक्रियता बढेको भन्दै ब्यबस्थालाई नै असफल बनाउन हुने हर षडयन्त्रलाई परास्त गर्न राजनीतिक दलहरू एकताबद्ध हुनुपर्ने उल्लेख गर्नु भयो ।
    संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन संविधानले ब्यबस्था गरेका आधारभूत अधिकारको पूर्ण प्रत्याभूति जनतालाइ दिलाउनु पर्ने उहाँले औंल्याउनुभयो । संविधानका सम्पूर्ण अधिकारको निर्बाध प्रयोग गर्दै नागरिकहरू पनि राज्यप्रति जिम्मेवार र जबाफदेही हुनुपर्ने नेता बिष्टको भनाइ थियो । उहाँले नेपालको संविधान धेरै दृस्टीकोणले उत्कृष्ट भएको भन्दै संविधानको कार्यान्वयन गराउने काम सरकारको भएको र  सरकारको जिम्मेवारी सम्हालेका पात्रहरू चनाखो हुनुपर्नेमा जोड दिनुभयो । अहिले नै संविधान संसोधनको विषय निरर्थक हो बिष्टले उल्लेख गर्नुभयो । पार्टी स्थायी कमिटी सदस्य किरण गुरुङले संविधान पूर्ण कार्यान्वयनको दिशामा देश अगाडि बढेको भन्दै अब दृढतापूर्बक संविधान कार्यान्वयनमा लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
    त्यसैगरी स्थायी कमिटी सदस्य खगराज अधिकारीले  संविधान निर्माणका क्रममा देखिएका कमि कमजोरी हटाउदै अगाडि बढ्नुपर्ने भन्दै संविधान धेरै ठूलो बलिदानिले आएको उल्लेख गर्नुभयो । संविधान क्रमशः सबल बनाउनुपर्ने अधिकारीको  भनाइ थियो । संविधानको कार्यान्वयन गर्ने पात्रहरूका कमजोरीहरू सुधार्नु पर्ने भन्दै नेता अधिकारीले सुशासन कायम गर्न वर्तमान संविधान सबल भएको बताउनु भयो । 

    बुधवार, आश्विन ३ २०८००६:३२:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend