Logo

शनिवार, कार्तिक १ गते २०८३

images

आफ्नै पाठ्यक्रम बनाउँदै भीरकोट नगरपालिका

आफ्नै पाठ्यक्रम बनाउँदै भीरकोट नगरपालिका

  • PNN Times
  • शनिवार, आश्विन १७ २०७७


  • आफ्नै पाठ्यक्रम बनाउँदै भीरकोट नगरपालिका

    असोज १७, भीरकोट ।  स्याङ्जाको भीरकोट नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माणको तयारी गरेको छ । असोज १५ गते देखि १७ गते सनिबार सम्म स्थानीय पाठ्यक्रम निर्माणको तयारीको विषयमा कार्यशाला गोष्ठी गरेको हो ।  
    भीरकोट नगरपालिकाले आगामी शैक्षिक सत्र देखी प्रयोगमा ल्याउने गरी स्थानीय पाठ्यक्रम निर्माण संगै पाठ्यपुस्तक लेखनको तयारीको गरिरहेको छ ।

    गोष्ठिमा सरोकारवाला विज्ञहरुको सुझाव र प्रतिवेदनका आधारमा भीरकोट नगरपालिकाको सम्पदा, परम्परागत अभ्यास र स्वरोजगार, कृषि, स्वास्थ्य, अनुसन्धान, पर्यटन र स्थानीय सिकाई पाठ्यक्रममा समावेश गरिने छ ।

    images

    कार्यक्रममा भीरकोट नगरपालिकाका नगरप्रमुख छायाँराम खनालले स्याङ्जाका ११ ओटा स्थानीय तह मध्ये  पहिलो पटक भीरकोटले तयार गर्न लागेको स्थानीय पाठ्यक्रमले प्राज्ञिक व्यक्तित्व विकासमा सहयोग पुग्ने बताउनु भयो । स्थानिय सरकारले नयाँ पाठ्यक्रम तयार पार्न लागेको हुँदा नगरप्रमुख खनालले पाठ्यक्रम निर्माणमा सवैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

    कार्याशालामा वोल्दै नगर उप प्रमुख सिमा केसी कर्मार्चायले स्थानीय पाठ्यक्रम निर्माण आफैमा चुनौतीपूर्ण रहेपनि यसलाई अवसरको रुपमा लिएर काम गर्न सबैलाई सुझाउनु भयो ।

    पाठ्यक्रम विज्ञ पुरुषोत्तम घिमिरे र प्रल्हाद अर्यालले स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्ने विषयहरुमा सहजिकरण गर्नुभएको थियो । भीरकोट नगरपालिका भित्र ४५ वटा विद्यालयहरु सञ्चालनमा रहेका छन् ।
    कक्षा १ देखी ८ सम्मको लागि एक विषयको स्थानीय पाठ्यक्रम निर्माण गर्न नगरपालिकाले सुरु गरेको हो ।

    शनिवार, आश्विन १७ २०७७०७:४०:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend