Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा पहिरोका कारण मृत्यु भएका परिवारलाई राहत

वालिङमा पहिरोका कारण मृत्यु भएका परिवारलाई राहत

  • PNN Times
  • सोमवार, आश्विन १९ २०७७


  • असोज १९, वालिङ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आईतबार वालिङ ११ पेखुमा पहिरोमा परी मृत्यु भएका परिवारलाई राहत प्रदान गर्नुभएको छ ।

    पहिरोमा परी मृत्यु भएका दुर्गाबहादुर थापाको परिवारलाई मन्त्री अर्याल, नगरप्रमुख दिलीपप्रताप खांँण सहित जनप्रतिनिधिको टोलीले थापाको घरमै पुगेर राहत प्रदान गरिएको हो ।

    images


    यही अशोज १३ गते गिट्टी निकाल्न गएका थापाको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको थियो । थापाको परिवारलाई साढे २ लाख राहत प्रदान गरिएको छ । संघीय सरकारको तर्फबाट २ लाख र प्रदेश सरकारको ५० हजार गरी साढे २ लाख राहत मन्त्री अर्यालले प्रदान गर्नुभयो ।

    त्यस्तै घाईते मुना थापालाई २० हजार, नारायणी सिंजाली र डिलबहादुर परियारलाई १०÷१० हजार राहत प्रदान गर्नुभएको हो ।

    सोमवार, आश्विन १९ २०७७०८:३७:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend