Logo

शनिवार, कार्तिक १ गते २०८३

images

गल्याङबजारमा खानेपानीको निरिक्षण

गल्याङबजारमा खानेपानीको निरिक्षण

  • PNN Times
  • सोमवार, आश्विन १९ २०७७


  • गल्याङबजारमा खानेपानीको निरिक्षण

    असोज १९, गल्याङ ।  स्याङ्जाको गल्याङमा वितरित खानेपानीको आइतबार निरीक्षण गरिएको छ । गल्याङ बजारक्षेत्रमा वितरण गरिएको खानेपानी योजनाको आइतबार निरिक्षण गरिएको हो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, स्याङ्जाका डिभिजन प्रमुख प्रेम डोटेल, इन्जिनियर शिबशंकर साह सहितको टोलीले खानेपानी आयोजनाको निरिक्षण गरिएको हो ।
    निरीक्षणका क्रममा मान्केखोला खानेपानी आयोजनाको मूल, खानेपानी ट्याङ्की तथा विस्तार गरिएको क्षेत्रको अनुगमन समेत गरिएको छ । 

    खानेपानीको समस्या रहेको बजार क्षेत्रमा समाधानका लागि करिब डेढ करोडको बजेट आवश्यक पर्ने डिभिजन प्रमुख डोटेलले बताउनुभयो । अहिले छुट्याइएको सात लाखले केही गर्न नपुग्ने भन्दै डिभिजन प्रमुख डोटेलले थप व्यवस्थापन गर्नका लागि आफुले सक्दो पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    images

    मान्केखोलाको पानी वितरण भएको भन्ने केही प्रचारले आफुलाई  दुःखी बनाएको भन्दै उहाँले मान्केखोला सँगै रहेको मूलको पानी वितरण र त्यसको प्रशोधनको अवस्था सन्तोषजनक रहेको बताउनभयो । कायक्रममा डिभिजन इन्जिनियर शिबशंकर साहले बजेट पर्याप्त नभएकाले सोचेजस्तो काम गर्न नसकिएको बताउनुभयो ।

    सोमवार, आश्विन १९ २०७७०८:४५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend