पुस १४, वालिङ
नेकपा एमाले उपमहासचिब पृथ्वी सुब्बा गुरुङले अहिलेको सरकारले देश नै बर्बादीतिर उन्मुख गराएको बताउनु भएको छ ।
शुक्रबार नेकपा एमाले गण्डकी प्रदेशको पोखरामा आयोजित पहिलो बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले उपमहासचिब गुरुङले वर्तमान सरकारले एक बर्ष वित्दा सम्म पनि कुनै उल्लेख्य काम गर्न नसक्दा निराशा बढ्दै गएको र देश नै बर्बादीतिर उन्मुख गराएका बताउनु भएको हो । उहाँले समृद्धिको मोडलमा देशलाई एमालेले मात्रै हिडाउन सक्ने कुरा बर्तमान सरकारका कार्यशैलीले प्रमाणित गरेको दावी गर्नुभयो ।
सम्वोधनका क्रममा नेता गुरुङले पार्टीका काम ब्यबस्थित बनाउन उत्कृष्ट कार्य योजनासहित अगाडि बढ्न आग्रह गर्दै प्रभाबकारिताकासाथ लाग्न आग्रह गर्नुभयो ।
यसैगरी एमाले सचिब तथा गण्डकी प्रदेशका इन्चार्ज गोकर्ण बिष्टले कार्यकर्ता र नेताहरू सुढृड पार्टी निर्माणमा लाग्नुपर्ने भन्दै सबल र सक्षम कार्यकर्ता निर्माण मार्फत सुखी नेपाली समृद्ध नेपालको अभियान पूरा हुने उल्लेख गर्नुभयो । नेता बिष्टले कमिटीहरू चलायमान बनाउदै पार्टीको समय सापेक्ष नयाँ उचाइ निर्माणमा लाग्न आग्रह गर्नुभयो ।
बैठकले पार्टीका जनवर्गीय संगठनको अधिवेशन माघ भित्र र जिल्ला अधिबेशन चैत्र भित्र गर्ने निर्णय गरेको आयोजकले जनाएको छ ।