असोज २६, वालिङ । स्याङ्जाको वालिङ ६० घर परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । पतञ्जलि आयूर्वेद केन्द्र प्रालि नेपालले वालिङ ११ का ६० घर परिवारलाई खाद्यान्न उपलव्ध गराएको हो ।
उपलव्ध खाद्यान्न हस्तान्तरण गर्दै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले नेपालीहरुको महान चाड दशैंको अवसर पारेर खाद्यान्न सहयोग गराएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवारका लागि दैनिक उपभोग्य बस्तु उपलब्ध गराउँदा राहत मिल्ने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले पतञ्जलिले गरेको सहयोगप्रति खुशी ब्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
पतञ्जलिले पेखुका ४४ घर र जामुनेका १६ गरी ६० घरलाई चामल, दाल, नुन, तेल, चिनी, चियापत्ति, घ्यू, दुध लगायतका दैनिक उपभोग्य बस्तु उपलब्ध गराएको हो ।