कार्तिक १४, स्याङ्जा । स्याङ्जामा आज मध्यान्हमा वेवारिसे शव फेला परेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका १३ कुलबाँध बगैँचास्थित सार्वजनिक ठाँटीमा वेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो । प्रवक्ता अधिकारीका अनुसार ठेगाना नखुलेको अन्दाजी ४५ वर्षको एकबहादुर तामाङको शव फेला परेको हो ।
पातलो शरीर, तालु खुईलिएको, पाँच फिट दुई ईञ्च उचाई भएको गहुँगोरो वर्णको, सेतो निलो धर्के ट्रयाक लगाएको पुरुषको शव फेला परेको हो । मृतक तामाङ विगत ५÷६ दिनदेखि खोलामा ढुंगा, गिटी, बालुवाको काम गरी बस्दै आएको स्थानीयले बताएका छन् ।
शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जामा राखिएको छ । आफन्तजन तथा ठेगाना नखुलेका कारण शवको पहिचानका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।