Logo

शनिवार, कार्तिक १ गते २०८३

images

बैंकले सबैलाई आर्थिक रुपमा समृद्ध बनाउँन चाहन्छ : सिईओ आचार्य

बैंकले सबैलाई आर्थिक रुपमा समृद्ध बनाउँन चाहन्छ : सिईओ आचार्य

  • गोपाल जिटी
  • बिहिवार, आश्विन १० २०८१


  • बैंकले सबैलाई आर्थिक रुपमा समृद्ध बनाउँन चाहन्छ :  सिईओ आचार्य

    असोज १०, स्याङ्जा ।
    गरिमा विकास बैंकका कार्यकारी प्रमुख (सिईओ) माधवप्रसाद (उपाध्याय) आचार्यले आम नागरिकलाई बैंकले आर्थिक रुपमा समृद्ध बनाउन चाहने बताउनुभएको छ । आम नागरिक आर्थिक रुपमा सक्षम भएमा निक्षेप बढ्ने, ऋणको सहि रुपमा लगानी हुँने भन्दै सिइओ आचार्यले बैंकले सबैलाई धनी बनाउन चाहने बताउनुभएको हो । उहाँले बिहिबार वालिङमा पत्रकारहरुसंँग भेटघाट गर्दै बैंकिङ क्षेत्रलाई चलाएमान बनाउन सबै मानिस सक्षम र सम्पन्न हुनुपर्ने औंल्याउनुभयो । गाउँबाट शहर पसेको गरिमा विकास बैंकले यो सफलता प्राप्त गर्नु देशभर आफन शाखा फैलाउन सक्नु वालिङलगाएतका व्यक्तिहरुको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाई छ ।
    पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिदै सिइयो (उपाध्याय) आचार्यले कोभिड १९ ले शिथिल बनाएको अर्थतन्त्रमात्र नभएर मूल्यवृद्धि नियन्त्रण, वित्तीय संकटलगायतको सजिलै प्रतिरक्षा गर्न मोफसलबाट उदाएको गरिमा बैंक सहित अन्य वाणिज्य बैंकहरु सफल भएको व्यक्त गर्नुभयो ।
    समग्र आर्थिक विकासका लागि मौद्रिक नीति र वित्त नीतिबीच प्रभावकारी समन्वय हुनुपर्ने भएकाले राष्ट्र बैंकले त्यसतर्फ पनि काम गर्नु पर्ने उपाध्यायको भनाइ थियो । उत्पादन र आयात प्रभावित भएका कारण बैंकमा कर्जाको माग अत्यन्त न्यून छ उपाध्यायले भन्नुभयो, ‘अधिक तरलता तथा न्यून तरलता दुबै वित्तीय क्षेत्र स्थायित्वको लागि राम्रो मानिदैँन । निक्षेपको ब्याज घटाउँदै लैजाने हो भने बचत निरुत्साहित हुने, त्यस्तो बचतले बैंकिङ प्रणालीमा प्रवेश नपाउने, पूँजी अन्यत्र पलायन हुने, तुलनात्मकरुपमा नियमन कमजोर र जोखिम अधिक भएको सहकारी क्षेत्रतर्फ बचत प्रवाह हुने आदि जस्ता जोखिम वित्तीय प्रणालीले भोग्नु पर्नेहुन्छ । यस्तो अवस्था वित्तीय क्षेत्र स्थायित्वका लागि प्रमुख चुनौती हो ।’
    बैकिङ् लगानीमा बीमा बलियो नहुदा थप संकटले बैंकहरुलाई चुनौती थपेको छ उहांले भन्नुभयोे । पत्रकार भेटघाटको सहजिकरण नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलले गर्नुभएको थियो । गरिमा विकास बैंकको सिइओमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्ला आउनु भएका उपाध्यायलाई वालिङ बैंक क्लव, उद्योग वाणिज्य संघले स्वागत तथा बधाई सहित सम्मान गरेका छन् । 

    बिहिवार, आश्विन १० २०८१०६:३५:४७

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend