Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सहकारीहरु उत्पादनका क्षेत्रमा लाग्नुपर्छ—संघीय सांसद अर्याल

सहकारीहरु उत्पादनका क्षेत्रमा लाग्नुपर्छ—संघीय सांसद अर्याल

  • गोपाल जिटी
  • बुधवार, पौष २८ २०७८


  • सहकारीहरु उत्पादनका क्षेत्रमा लाग्नुपर्छ—संघीय सांसद अर्याल

    पौष २८,वालिङ ।
    संघीय सांसद पद्माकुमारी अर्यालले सहकारीहरु उत्पादनका क्षेत्रमा लाग्नुपर्ने बताउनु भएको छ । बुधबार स्याङ्जाको वालिङमा गर्हौंकालिका साना किसान कृषि सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभामा सम्वोधन गर्दै पूर्व मन्त्री समेत रहनु भएकी संघीय सांंसद अर्यालले साना किसान कृषि सहकारी संस्थाहरुले पैसा राख्ने र झिक्ने भन्दा कृषि उत्पादनका क्षेत्रमा जोड दिएर लाग्नुपर्ने बताउनु भएको हो ।

    राष्ट्रपति देखि विभिन्न निकायमा आज महिलाहरु अगाडि बढिरहेको भन्दै सांसद अर्यालले संस्था सञ्चालनदेखि नेतृत्वका क्षेत्रमा महिलाहरु सक्षम छन् भन्ने पुष्टी भएको उल्लेख गर्नुभयो ।
    सहकारीहरुमा महिलाहरुको जसरी उत्साह जनक सहभागिता रहेको छ, त्यसैगरी हरेक क्षेत्र महिला मैत्री हुनुपर्ने र सक्रीय भूमिकामा रहनुपर्ने सांसद अर्यालले व्यक्त गर्नुभयो ।
    उत्पादनका क्षेत्रमा लागेर निर्यातको व्यापारले नै हामी समृद्धिको बाटो पहिल्याउन सकिने उहाँको भनाई छ ।

    images

    पहिलाको जस्तो निर्वाहमुखी पेशाले हुँदैन अब कृषिको यान्त्रिकिकरण, व्यावसायिकरण र प्रविधिको प्रयोग सहित लाग्नुपर्छ । धेरै सहकारीहरु बचत तथा ऋणको कारोवारमा महत्व दिइरहेकाले कृषिमा लगानी बढाएर उत्पादनका क्षेत्रमा उत्साहि बनाउनुपर्ने पूर्वमन्त्री अर्यालले बताउनुभयो ।वालिङ १० मा २०७५ सालदेखि सञ्चालनमा आएको साना किसान सहकारीमा ६ सय ८९ जना शेयर सदस्य रहेका छन् भने ३ करोड २३ लाख ५६ हजार ६ सय ४५ लगानी गरिसकेको संस्थाका अध्यक्ष नामदेव सुवेदीले जानकारी गराउनुभयो । सहकारीले वालिङको १० र १३ गरी दुईवटा वडालाई आफ्नो कार्यक्षेत्र बनाएको छ ।

    बुधवार, पौष २८ २०७८०७:२६:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend