Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा स्थानीय बजार व्यवस्थापन सम्बन्धी संघ प्रदेश र स्थानीय तहबीच छलफल

वालिङमा स्थानीय बजार व्यवस्थापन सम्बन्धी संघ प्रदेश र स्थानीय तहबीच छलफल

  • PNN Times
  • शुक्रवार, कार्तिक २१ २०७७


  • वालिङमा स्थानीय बजार व्यवस्थापन सम्बन्धी संघ प्रदेश र स्थानीय तहबीच छलफल

    कार्तिक २१, वालिङ । स्याङ्जाको वालिङमा  उपभोक्तालाई सचेत बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । शुक्रबार स्याङ्जाको वालिङमा गरिएको बजार व्यवस्थापन सम्बन्धी अन्तरक्रियामा सरोकारवालाहरुले उपभोक्तालाई सचेत बनाउनुपर्नेमा जोड दिएका हुन् ।

    वालिङ नगरपालिकाको आयोजना उपभोक्त हित संरक्षण मञ्च नेपालको प्राविधिक सहयोमा स्थानीय बजार व्यवस्थापन सम्बन्धी संघ प्रदेश र स्थानीय तहबीचको छलफल कार्यक्रमको आयोजना गरिएको हो ।

    images

    संघि सरकारको प्रतिनिधि, प्रदेश सरकारको प्रतिनिधि र स्थानिय तह, नप्रतिनिधि, पत्रकार, उपभोक्ता मञ्च, उद्योग वाणिज्य संघ, प्रहरी तथा प्रतिनिधिहरुको सहभागिता रहेको अन्तरक्रियामा बजार स्वस्थ र सफा हुँन उपभोक्ता सचेतना आवश्यक रहेको सहभागीहरुको भनाई छ ।

    कार्यक्रममा वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारीले नगरपालिकाले उपभोक्ता सम्बन्धी ऐन समेत पास गरिसकेको भन्दै यसको नियमावली समेत सार्वजानिक गरेको बताउनुभयो । उपप्रमुख तिवारीले बजार अनुगमनको लागि वार्षिक कार्यक्रम मार्फत बजार चुस्त दुरुस्त राख्ने प्रयास गरेको उल्लेख गर्नुभयो ।’

    image_6483441.JPG

    पालिकाले अधिकृत स्तरको कर्मचारीलाई अनुगमन संयोजक तोकेर प्रहरी प्रशासन, मिडिया, उपभोक्ता हित संरक्षण मञ्चको प्रतिनिधित्व हुने गरी अनुगमन टोली बनाईने उपप्रमुख तिवारीको भनाई छ ।
    अखाद्य वस्तुको प्रयोगले कसैको स्वास्थ्यमा गम्भीर असर नपरोस् भन्दै उपप्रमुख तिवारीले स्थानीय बजार स्वस्थ सफा राख्नुका साथै शिक्षा, स्वास्थ्य, खानेपानी, टेलिफोन, इन्टरनेटबाट समेत उपभोक्ता ठगिनबाट रोक्न प्रयास गरिने बताउनुभयो ।’

    IMG_2393.jpeg

    कार्यक्रममा उपभोक्त हित संरक्षण मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष सुर्यबहादुर थापाले बजारमा रहेका कालोबजारी रोक्न, समय समयमा हुने अनुगमनलाई समन्वयकारी भूमिकाबाट लैजानका लागि यो छलफल आयोजना गरिएको बताउनुभयो । साथै उहाँले संघ, प्रदेश र स्थानीय तहमा उपभोक्त सम्बन्धी हक, अधिकारका विषयमा प्रष्ट पार्नुभएको थियो ।

    IMG_2392.jpg

    नगरपालिकाले बजार  आगमि दिनहरुमा  निरन्तर बजार अनुगमन गर्ने र सचेतनाका कार्यक्रमहरु समेत गर्ने जनाएको छ । 

    शुक्रवार, कार्तिक २१ २०७७०९:५६:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend