Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्याङ्जामै पहिलो पटक फुटसल सञ्चालनमा

स्याङ्जामै पहिलो पटक फुटसल सञ्चालनमा

  • PNN Times
  • शनिवार, कार्तिक २२ २०७७


  • स्याङ्जामै पहिलो पटक फुटसल सञ्चालनमा

    तोलाकान्त बगाले

    वालिङ, २२ कात्तिक । स्याङ्जा जिल्लामै पहिलो पटक फुटसल खेलको सुरुआत भएको छ । वालिङ ८ बीपी चोकमा वालिङ स्पोटस् सेन्टरले फुटसल कोर्ट स्थापना गरी जिल्लामै पहिलो पटक खेल सञ्चालन गरेको हो । सेन्टरले रु. एक करोडको लागतमा फुटसल सञ्चालनमा ल्याएको सञ्चालक गणेश सुबेदीले बताउनुभयो ।

    “छ रोपनी क्षेत्रफलमा सेन्टरले पहिलो पटक फुटसल सञ्चालनमा ल्याएका छौं” सञ्चालक सुबेदीले भन्नुभयो, “फुटसल सञ्चालनमा आईसकेपछि ब्याडमिण्टन कोर्ट, स्वीमिङ पुल, सभाहल, रेष्टुरेण्ट, लज सञ्चालन गर्ने लक्ष्यसहित अगाडि बढेका छौं ।” आवश्यक पूर्वाधारहरु निर्माण भईरहेको सञ्चालक सुबेदीले बताउनुभयो ।

    पछिल्लो समय उमेर ढल्केका मानिसहरु, युवा युवती तथा बालबालिकाहरु यस खेलप्रति आकर्षण भईरहेको अवस्थामा जिल्लामै पहिलो पटक नमूनाकोरुपमा फुटसल सञ्चालनमा ल्याएको सुबेदीले बताउनुभयो ।

    “दिनभरी कामकाजमा ब्यस्त हुने र साँझ बिहानको समयमा शरीर स्वस्थ राख्नका लागि पनि यो खेल खेल्ने धेरै हुनुहुन्छ” सञ्चालक सुबेदीले भन्नुभयो, “यो खेलप्रति सबैजसो उमेर समूहका खेलाडीहरुको चासो र नयाँ खेल भएकाले पनि आकर्षण बढ्दै गएको छ ।”

    फुटसलको आज गण्डकी प्रदेश विधायन समिति सभापति मोहनप्रसाद रेग्मी, वालिङ नगर प्रमुख दिलीपप्रताप खाँण र ज्येष्ठ नागरिक टुकप्रसाद सुबेदीले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो ।

    उद्घाटन समारोहमा बोल्नुहुँदै विधायन समिति सभापति रेग्मीले खेल क्षेत्र तथा खेलाडीहरुको क्षमतालाई प्रष्फुटन गर्नमा यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले खेलाडीहरुको क्षमता विकासका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउँदै सफलताको कामना गर्नुभयो ।

    कार्यक्रममा वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले खेल क्षेत्रसँगै खेलाडीहरुको क्षमता विकासका लागि निरन्तर लागिपर्ने बताउनुभयो । मनोरञ्जनका लागि मात्रै खेल खेल्ने नभई अब ब्यवसायिक खेलाडी उत्पादन गर्नतर्फ लाग्नुपर्नेमा नगर प्रमुख खाँणको जोड थियो ।

    Girls 1 (2).jpg

    कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्षक कमलप्रसाद सुबेदीले अनुशासन र निरन्तरतालाई आत्मसात गर्दै उत्कृष्ट खेल प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो ।

    मोफसलमा फुटसल सञ्चालन गरेर जिल्लामा पहिलो पटक फुटसल खेललाई प्रवेश गराएर खेलकुदको विकास तथा खेलाडीको क्षमता प्रष्फुटन गर्नमा वालिङ स्पोटस् सेन्टरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य लालबहादुर ज्वारचनको छ ।

    नवप्रभात युवाक्लबका पूर्व अध्यक्ष बालकृष्ण सुबेदीको स्वागतसँगै शुरु भएको कार्यक्रम सेन्टरका सञ्चालक गणेश सुबेदीको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन नवप्रभात युवाक्लबका सचिव तोलाकान्त बगालेले गर्नुभएको थियो  

    images

    शनिवार, कार्तिक २२ २०७७०८:१३:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend