कार्तिक २२ । अमेरिकाको ४६औं राष्ट्रपति जो बाइडेन निर्वाचित भएका छन् । शनिबार पेन्सेल्भेनियामा भएको मत परिणामपछि बाइडेन राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।
निर्वाचित हुनका लागि कुल २७० इलेक्ट्रोल भोट आवश्यक रहेकोमा बाइडेनले २७३ इलेक्ट्रोल भोट ल्याएका छन् । उनका प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले जम्मा २१४ इलेक्ट्रोल भोट ल्याएका छन् ।