Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा ब्युटीसियन ट्रेनिङ् सेन्टर संचालनमा

वालिङमा ब्युटीसियन ट्रेनिङ् सेन्टर संचालनमा

  • PNN Times
  • बुधवार, कार्तिक २६ २०७७


  • वालिङमा ब्युटीसियन ट्रेनिङ् सेन्टर संचालनमा

    कार्तिक २६, वालिङ ।  स्याङ्जाको वालिङमा ब्युटीसियन ट्रेनिङ् सेन्टर सञ्चालनमा आएको छ । महिलाहरुलाई ब्युटीसियन पेशाबाट उद्यमशिल बनाउने उदेश्यले ब्युटीसियन ट्रेनिङ् सेन्टर सञ्चालनमा ल्याईएको हो । 

    सृष्टि हर्वल व्युटीसियन पार्लरले संचालनमा ल्याएको सुविधा सम्पन्न सहितको ट्रेनिङ् सेन्टरको वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले उद्घाटन गरेपछि संचालनमा ल्याइएको हो । 

    पछिल्लो समय ब्यूटीसियन पेशा गर्ने महिलाहरुको संख्यामा बृद्धि भएपछि सृष्टि हर्वलले ट्रेनिङ् सेन्टर सञ्चालनमा ल्याएको प्रोपाईटर दुर्गा अर्याल थापाले बताउनुभयो । ब्युटीसियन व्यवसायबाट महिलाहरुको आयआर्जनमा थप टेवा मिल्ने उद्देश्यले ब्यूटीसियन ट्रेनिङ् सेन्टर सञ्चालनमा ल्याएको थापाको भनाई छ ।

    वालिङ नगरपालिकाका उपप्रमुख तिवारीले ट्रेनिङ् सेन्टरको उच्चतम प्रयोग गरी व्यवसायी बन्न महिलाहरुलाई आग्रह गनुभयो । सेन्टरले महिलाहरुलाई व्यवसायी बनाउन महत्वपूर्ण भूमिका खेल्नेमा विस्वस्थ रहेको भन्दै उपप्रमुख तिवारीले महिलाहरु आत्मनिर्भर हुनसके देश र नगरले समृद्धि हासिल गर्ने उल्लेख गर्नुभयो ।

    स्वास्थ्य सगै सुन्दरतामा पनि टेवा मिल्ने हुँदा यो व्यवसाय आयआर्जनमा लागि निकै भरपर्दो मानिएको तिवारीको भनाई छ ।

    images

    बुधवार, कार्तिक २६ २०७७०७:३४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend