कार्तिक २९, स्याङजा । स्याङजाको वालिङमा थप १२ जना कोरोना भाईरस संक्रमित थपिएका छन । मंगलबार ३२ जनाको श्वानसंकलन गरिएका मध्ये १२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
३२ जना मध्ये ३ जना महिला र ९ जना पुरूष रहेको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले जानकारी दिनुभयो ।
संक्रमित सबैलाई आईसोलेसनमा व्यवस्थापन गर्ने काम भईरहेको पाण्डेले बताउनु भयो । संक्रमित सबै जना कन्टयाक्ट ट्रेसिङका हुन ।
सुरक्षाको मापदण्ड अपनाउन र सचेत रहन नगरबासीलाई
आग्रह गरेको छ ।