Logo

शनिवार, कार्तिक १ गते २०८३

images

दुबईको अस्पतालमा उपचाररत नेपालीहरुसंग राजदुत ढकालको भेट 

दुबईको अस्पतालमा उपचाररत नेपालीहरुसंग राजदुत ढकालको भेट 

  • PNN Times
  • बिहिवार, मंसिर ४ २०७७


  • मंसिर ४, युएइ ।  युएइका लागि नेपाली राजदुत महामहिम कृष्ण प्रसाद ढकालले दुबईमा उपचाररत नेपालीहरुसंग भेट गर्नु भएको छ । 
    अक्टोबार १८ तारिकका दिन युएइको दुबईस्थित रसिद अस्पतालमा उपचाररत ९ जना नेपालीहरु र अस्पताल प्रसासनसंग राजदुत ढकालले भेट गरेको नेपाली दुताबास अबुदाबीले जनाएको छ । 

    राजदुतसंगको भेटमा अस्पतालमा उपचार गराईरहेका सबै नेपालीहरुले राम्रो उपचार पाएको बताएका छन । 
    सोही अवसरमा राजदूतावासले बिरामीहरुका  कम्पनीसँग सम्पर्क गर्ने, हवाइ टिकट र ट्राभल डकुमेन्टको व्यवस्था लगायत अन्य आवश्यक सहजीकरण समेत गरेको छ । 

    images

    भ्रमणले राजदूतावास र अस्पतालबीचको सहयोग एवं सम्पर्क आगामी दिनमा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । 
     

    बिहिवार, मंसिर ४ २०७७०८:५५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend