मंसिर २२ । स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकाले आफ्नै लगानीमा एम्बुलेन्स सेवा सुरुवात गरेको छ ।
सरकारद्वारा राजश्व छुट प्राप्त एम्बुलेन्स १० लाख एक हजार ३ सय ४८ मा खरिद गरेको गाउँपालिकामा अध्यक्ष शर्माले बताउनुभयो ।
एम्बुलेन्स सेवा शुरुवात सँगै बिरुवा गाउँपालिकाका बिरामीलाई जटिल स्वास्थ्य समस्यामा स्याङ्जा बजार, पोखरा, बुटवल तथा काठमाण्डौ पुग्नको लागि सहज भएको शर्माले बताउनुभयो ।
सेवाको शुरुवात सँगै गर्भवती महिला हरुलाई स्वास्थ्य जाँच गर्न तथा सुत्केरी हुने समयमा अस्पताल पुग्न समेत सहज हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले बताउनु भयो ।

एम्बुलेन्स गाउँपालिकाले ल्याएसगै बिरामीलाई अस्पतालन सम्म पु¥याउन न्युनतम दर निर्धारण गरी सेवा प्रवाह गर्ने योजना बनाएको सुबेदीले बताउनुभयो ।
पालिकाले गरिब तथा न्युनतम रकम तिरेर समेत सेवा लिन अस्पताल जान नसक्ने बिरामीको लागि कार्यबिधी बनाएर निःशुल्क समेत गर्ने बताउनुभयो । गाउँपालिकाले यस आर्थिक वर्षमा एमबिबिएस डाक्टर सहितको कोभिँड अस्पताल समेत शुरू गरेको छ ।
