Logo

शनिवार, कार्तिक १ गते २०८३

images

उपकार सहकारीको ३३ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न

उपकार सहकारीको ३३ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न

  • PNN Times
  • सोमवार, पौष ७ २०८२


  • उपकार सहकारीको ३३ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न

    वालिङ, ७ पुस ।
    उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सहकारीले आफ्ना सेवाकेन्द्रहरुमा छुट्टा छुट्टै इकाई साधारणसभा गरेर आफ्नो ३३ औं वार्षिक साधारणसभा आज सम्पन्न गरेको हो ।
    गण्डकी प्रदेशकै प्रतिष्ठित संस्था मध्येको सहकारीले ४ वटा सेवाकोन्द्र र एकवटा सदस्य सम्पर्क कार्यालयमा ५ दिन छुट्टा छुट्टै इकाई साधारणसभा कार्यक्रम गरेको थियो । स्याङ्जाको वालिङमा मुख्य कार्यालय रहेको इकाई साधारणसभापछि मुख्य कार्यालय वालिङमा आइतबार इकाई प्रतिनिधीहरुको उपस्थितिमा ३३ औं वार्षिक साधारणसभा आयोजना गरेको हो । संस्थाको कार्यक्रम अनुसार पौष १ गते चापाकोट नगरपालिका–८ स्थित दामाचौर सेवाकेन्द्रबाट आफ्नो ३३ औं वार्षिक साधारणसभा सुरु गरेको थियो । सहकारीले वालिङ नगरपालिकाको वालिङ–८ वालिङ, १३ को बायँटारी, कालिगण्डकी गाउँपालिका–७ को मिर्मी, चापाकोट नगरपालिकाको दामाचौर गरी ४ स्थानमा सेवाकेन्द्र र वालिङ–७ को केवँरेमा सदस्य सम्पर्क कार्यालय मार्फत शेयर सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ । शेयर सदस्यहरुको सहजताका लागि सम्बन्धित सेवाकेन्द्रहरुमा पुगेर साधारणसभा कार्यक्रम गरिएको सहकारीले जनाएको छ ।IMG_9910.JPG
    २०५० सालमा २७ जनाले रु.२७ सय पूँजीबाट सुरु भएको सहकारीमा अहिले महिला ४ हजार ३ सय ३४, पुरुष ४ हजार ८६ जना र अन्य १३ गरी कूल ८ हजार ४ सय ३३ जना शेयर सदस्य छन् । संस्थाले गएको असार मसान्तसम्म ७ करोड ८९ लाख ३४ हजार ५ सय शेयर पुँजी रहेको छ । यसैगरी ८३ करोड २२ लाख ७७ हजार ९ सय ५४ रुपैयाँको कारोवार गरेको संस्थाका अध्यक्ष खनालले उल्लेख गर्नुभयो । ६६ करोड ९९ लाख ८३ हजार ४ सय ७९ रुपैयाँ निक्षेप रहेको सहकारीले कूल ५१ करोड ४९ लाख ९ हजार ६ सय ५२ लगानी गरेको छ ।
    संस्थाको अभिलेखमा कूल मुनाफा रु.१ करोड २२ लाख २७ हजार ९६ गरेको देखिन्छ भने एन एफ आर एस लेखा परीक्षणपछिको अभिलेख अनुसार बाँडफाँट योग्य नाफा रु.८ लाख ३० हजार मात्र रहेको छ । स्याङ्जामा एन एफ आर एस लेखा परीक्षण उपकार र सूर्योदय सहकारी गरी जम्मा दुई वटाले मात्र गर्दछन् । 
    संस्थाले जिल्लाका ४ वटा नगरपालिका र ३ वटा गाउँपालिका गरी ७ वटा पालिकालाई समेटेको छ । जसमा वालिङ, गल्याङ, भीरकोट र चापाकोट नगरपालिका रहेका छन् भने गाउँपालिकाहरुमा कालिगण्डकी, बिरुवा र हरिनाससम्म कार्यक्षेत्र विस्तार गरेको छ । 
    कार्यक्रममा नियमित बाल बचत गर्ने बालबालिकालाई पुरस्कृत गरिएको थियो । यसैगरी समापन कार्यक्रमका अवसरमा उत्कृष्ट कर्मचारी, साधारणसभाका मुख्य वक्ताहरु एवम् सहयोगी भूमिका निभाउनेहरु लगायतलाई कदरपत्रले सम्मान गरिएको थियो ।IMG_9941.JPG

    सोमवार, पौष ७ २०८२०७:३९:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend