Logo

शनिवार, कार्तिक १ गते २०८३

images

फूलबारी सहकारीको १२ औं वार्षिक साधारणसभा

फूलबारी सहकारीको १२ औं वार्षिक साधारणसभा

  • PNN Times
  • मंगलवार, पौष २९ २०८२


  • फूलबारी सहकारीको १२ औं वार्षिक साधारणसभा

    वालिङ–२९, पुस ।
    स्याङ्जाको वालिङमा रहेको फूलबारी बचत तथा ऋण सहकारी संस्थाले १२ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । वालिङ नगरपालिका १० नम्वर वडामा रहेको संस्थाले हिजो सोमबार वालिङ १४ को डुम्रेभञ्ज्याङ सेवाकेन्द्रमा इकाई वार्षिक साधारणसभा गरेको सहकारीले आज मुख्य कार्यालय वालिङमा १२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।IMG_1986.JPG 
    साधारण सभाको उद्घाटन गर्दै वालिङ नगरप्रमुख कृष्ण खांँणले देशभरी देखिएको सहकारी संकट वालिङको सहकारीमा पनि देखिएकाले यो संकटको मोचन गर्नका नगरपालिका अगाडि बढ्ने बताउनुभयो । स्थानीय सरकारको हैसियतमा नगरभित्रका सहकारीहरुको नियमन गर्ने संस्था भएकाले संस्थामा देखिएका संकटको मोचन गर्न नगरपालिका लागिपर्ने उहाँको भनाई छ । सहकारीमा कहाँ कुन पक्षबाट समस्या देखिएको हो, त्यस्ता समस्यलाई शुक्ष्म तरिकाले हेरेर नगरपालिका अब अगाडि बढ्ने भन्दै सहकारी नियमन गर्ने विषयमा नगरपालिकाले कुनै सम्झौता नगर्ने प्रमुख खांँणले उल्लेख गर्नुभयो ।  
    संस्थाका अध्यक्ष शोभाकान्त पौडेलले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै २०६९ सालमा १५ लाख ७५ हजारको सेयर पँुजीबाट शुरु भएको  सहकारीमा हाल १ हजार ४ सय ४२ सेयर सदस्य र २ करोड ६४ लाख ८० हजार शेयर पुँजी संकलन भएको बताउनुभयो । सहकारीको २५ करोड ९८ लाख ८८ हजार ७ सय ८ निक्षेप रहेको छ भने २८ करोड २६ लाख ७१ हजार ४ सय ८७ रुपैँया कर्जा लगानी गरेको संस्थाका अध्यक्ष पौडेलले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ । संस्थाले शेयर सदस्यहरुको सामुहिक लगानीमा कुनै उद्योग, व्यवसाय, कृषि पेशा गर्न चाहेमा त्यस्ता लगानीलाई प्राथमिकता दिने अध्यक्ष पौडेलले जानकारी गराउनुभयो । शेयर सदस्यहरुको शसक्तिकरणका लागि तालिम तथा प्रशिक्षणको आयोजना गर्दै रेमिटान्सको कारोबारलाई अझ व्यापक बनाउनका थप अरु कम्पनीहरुसंँग सम्झौता गर्नेसमेत सहकारीले जनाएको  छ ।
    सहकारीले २५ लाख ५५ हजार खुद मुनाफा गर्न सफल भएको र १२ प्रतिशत मुनाफा वितरण गरिनेसमेत अध्यक्ष पौडेलले बताउनुभयो ।

    मंगलवार, पौष २९ २०८२०६:४१:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend