Logo

शनिवार, कार्तिक १ गते २०८३

images

मेयरले ३ वर्ष भनेर ढाटे तर ५ वर्षपछि भयो भीरकोट नगरपालिकाको प्रशासकीय भवन उद्घाटन

मेयरले ३ वर्ष भनेर ढाटे तर ५ वर्षपछि भयो भीरकोट नगरपालिकाको प्रशासकीय भवन उद्घाटन

  • PNN Times
  • शनिवार, बैशाख १९ २०८३


  • मेयरले ३ वर्ष भनेर ढाटे तर ५ वर्षपछि भयो भीरकोट नगरपालिकाको प्रशासकीय भवन उद्घाटन

    स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन निर्माण सम्पन्न भएको ५ वर्ष ३ महिनापछि शुक्रबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तामझामका साथ भवनको उद्घाटन गरे पनि उद्घाटनको समय र भवन सञ्चालन अवधिलाई लिएर मेयरले दिएको जानकारी विवादमा परेको छ।

    मुख्यमन्त्रीलाई ढाँटिएको खुलासा

    भवन उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री पाण्डेले भिरकोट नगरपालिकाका मेयर गोविन्दकुमार कर्माचार्यले आफूलाई भवन सञ्चालनमा आएको ३ वर्ष मात्र भएको जानकारी दिएको बताए। तर, वास्तविक तथ्याङ्कले भने अर्कै दृश्य देखाउँछ।

    images

    सञ्चालन अवधिको हिसाब:

    • मेयर कर्माचार्यको दाबी: मुख्यमन्त्रीलाई ब्रिफिङ गर्दा भवन सञ्चालन भएको ३ वर्ष मात्र भयो भनियो।

    • तथ्य: २०७९ को स्थानीय निर्वाचनपछि वर्तमान कार्यसमितिले मात्रै झण्डै ४ वर्ष सोही भवनबाट कार्यसम्पादन गरिसकेको छ।

    • पूर्व मेयरको पुष्टि: मुख्यमन्त्री पाण्डेले कार्यक्रममै पूर्व मेयर छायाराम खनाललाई सोध्दा, उनले आफूले सोही भवनमा बसेर १५ महिनाकार्यालय सञ्चालन गरेको बताएका थिए।

    यसरी पूर्व मेयरको १५ महिना र वर्तमान कार्यकालको झण्डै ४ वर्ष जोड्दा भवन सञ्चालनमा आएको ५ वर्ष ३ महिना पुगिसकेको छ। ५ वर्ष अघिदेखि नै प्रयोगमा आइसकेको भवनलाई '३ वर्ष मात्र भएको' भनी मेयरले मुख्यमन्त्रीलाई गलत सूचना दिएको खुलेको हो।

    लामो समयपछि गरिएको यो उद्घाटन र जिम्मेवार पदमा रहेका व्यक्तिबाटै मुख्यमन्त्रीलाई दिइएको गलत जानकारीले कार्यक्रममा चर्चा र आश्चर्य पैदा गरेको थियो। मुख्यमन्त्री पाण्डेले भने भवन उद्घाटन गर्दै नगरपालिकाको प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभयो।

    शनिवार, बैशाख १९ २०८३११:२१:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend