Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङ जेसीजमा लम्साल 

वालिङ जेसीजमा लम्साल 

  • PNN Times
  • बिहिवार, पौष ९ २०७७


  • वालिङ जेसीजमा लम्साल 

    पौष ९,  वालिङ।  वालिङ जेसीजको १८ औँ साधारण सभा तथा १७ औँ शाखा अधिवेशनले वर्ष सन २०२१ को लागी नयाँ कार्यसमिति चयन गरेको छ । बिश्वास लम्सालको अध्यक्षतामा वर्ष २०२१ को लागी कार्यसमिति चयन गरेको हो । लम्साल सहितको टिम सर्वसम्मत चयन हुनु भएको हो ।

    नवनिर्वाचित समितिको कार्यकारिणी उपाध्यक्षमा मणि प्रसाद अर्याल र चुत्र बहादुर महत रहनुभएको छ । 
    त्यस्तै उपाध्यक्षहरुमा निर्भीक नारायण भूर्तेल, गणेश राउत, रोनिश श्रेष्ठ र भानुभक्त आचार्य चयन हुनु भएको छ । 

    images

    कार्यक्रमको उद्घाटन गर्दै वालिङ जेसीजका संस्थापक तथा सल्लाहकार धुर्ब शर्मा पंगेनीले जुझारु युवाहरुको समुह जेसिज भएको भन्दै जेसिजले विगतका समयदेखि नै वालिङमा सकरात्मक र रचनात्मक कार्यहरु गर्दै आईरहेको बताउनुभयो ।

    समग्र युवाहरुलाई सहित मार्ग दर्शन गर्नु, युवालाई देश विकासमा जोड्दै विकास निर्माणका काममा समेत जेसिजले महत्वपुर्ण भुमिका निर्वाह गरेको सल्लाहकार पंगेनीले बताउनुभयो । 

    बिहिवार, पौष ९ २०७७०६:५४:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend