Logo

शनिवार, कार्तिक १ गते २०८३

images

उपकार सहकारीको वार्षिक साधारणसभा सम्पन्न

उपकार सहकारीको वार्षिक साधारणसभा सम्पन्न

  • PNN Times
  • शनिवार, पौष ११ २०७७


  • उपकार सहकारीको वार्षिक साधारणसभा सम्पन्न

    पौष ११, वालिङ ।  स्याङ्जाको वालिङमा रहेको उपकार बचत तथा ऋण सहकारी संस्थाले २८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । २०५० सालमा स्थापना भएको सहकारीले प्रधान कार्यालय वालिङमा शनिबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो । वालिङ ८मा सुविधा सम्पन्न आप्mनै भवनमा प्रधान कार्यालय रहेको सहकारीले वालिङ बजार, बायँटारी, कालीगण्डकी गाउँपालिकाको मिर्मी र चापाकोट नगरपालिकाको दामाचौरमा गरी ४ वटा सेवाकेन्द्रका साथै  वालिङ ७ केवरेमा सदस्य सम्पर्क कार्यालय सञ्चालन गरिसकेको छ ।

    कोभिड १९ को महामारीका कारण  सदस्यहरुको स्वास्थ्यको ख्याल गर्दै यहि पौष १ देखि१० गतेसम्म शेयर सदस्यको घर घरमै पुगी राय सँकलन गरेको सहकारीले सेवाकेन्द्रहरुबाट प्रतिनिधीमूलक उपस्थितिमा साधारणसभा सम्पन्न गरेको हो ।

    images

    साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेश विधायन समितिका सभापति मोहन रेग्मीले जनताले चाहेको विकास र समृद्धिलाई राजनीतिक ढंगले खेलवाड गर्न नहुने बताउनु भएको छ । काम गर्ने दौरानमा मान्छेका फरक दृष्टिकोण हुन सक्ने उल्लेख गर्दै सभापति रेग्मीले अहिलेको सरकारले खेलेको भूमिकालाई राजनीतिक ढंगले प्रहार गर्न पनि नहुँने बताउनुभयो ।

    सभापति रेग्मीले सरकारी, सहकारी र नीजि गरेर तीन खम्बे अर्थनीतिलाई अङ्गिकार गरेर प्रदेश सरकार अगाडि बढेको उल्लेख गर्नुभयो । सभापति रेग्मीले यी तीनै क्षेत्रका पूँजीलाई एकिकृत गरी विकास निर्माण र जनताको समृद्दिको लागि लगानी गर्नुपर्छ भन्ने प्रदेश सरकारको मान्यता रहेको बताउनुभयो ।


    गत आर्थिक वर्षको तुलनामा उपकारको मुनाफा ह्वात्तै घटेको छ । कोरोना महामारीका कारण अरु वित्तीय संस्थामा जस्तै उपकार सहकारीमा पनि कारोवारमा कमि आएसँगै मुनाफा घटेको हो ।

    गत आर्थिक वर्ष सरकारलाई ५० लाख योगदान गरेको उपकार सहकारीले यस आर्थिक वर्ष २५ लाख ३१ हजार १ सय ४९ मुनाफा गर्दा १ लाख सात हजार १ सय ९१ मात्र योगदान दिन सफल भएको छ ।


    साधारणसभाको अवसरमा संस्थाले नियमितरुपमा वितरण गर्दै आएको बाल बचत पुरस्कार छात्र  छात्रातर्फ नर्सरीदेखि कक्षा ९ सम्मका बाल बालिकाहरुलाई प्रदान गरेको छ ।

    शनिवार, पौष ११ २०७७०७:४५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend