कोई बोलीमा रस हुन्छ भने कोही बोलीमा के हुन्छ हुन्छ । यस्तै भएको छ, अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका संस्थापक एलन मस्कको हकमा । यही बोलीले कहिले ठूलै फाइदा हुन्छ त कहिले राम्रै नोक्सान। एलन मस्कको ट्वीटका कारण टेस्लाको बजार मूल्यमा १४ अर्ब अमेरिकी डलरले गिरावट आएको छ।
‘सेयर मूल्य टेस्लाको धेरै नै बढी’ भन्दै उनले गरेको ट्वीट ट्वीटपछि लगानीकर्ताहरूले आफ्नो टेस्लाको सेयर बेचेका कारण कम्पनीको बजारमा गिरावट आएको हो । उनको यो ट्वीटको असर उनको व्यक्तिगत सम्पत्ति पनि परेको छ । जसका मस्कको व्यक्तिगत सम्पत्तीमा पनि तीन अर्बले कमी आएको छ भने उनले आफ्नोअचल सम्पत्ति बेच्ने पनि ट्वीट गरेका छन्।
टेस्लाको भविष्यबारे सन् २०१८ मा न्यूयोर्क स्टक मार्केटमा ट्वीट गर्दा उनले दुई करोड डलर जरिवानामा परेका थिए ।