Logo

शनिवार, कार्तिक १ गते २०८३

images

छायाँक्षेत्रमा महाशिवरात्रि मनाउने भक्तजनको घुँइचो 

छायाँक्षेत्रमा महाशिवरात्रि मनाउने भक्तजनको घुँइचो 

  • निर्भीक नारायण भुर्तेल
  • बिहिवार, फाल्गुण २७ २०७७


  • छायाँक्षेत्रमा महाशिवरात्रि मनाउने भक्तजनको घुँइचो 

    फागुन २७, स्याङ्जा । हिन्दुहरुको महत्वपूर्ण चाड महाशिवरात्रि पनि हो । विशेषगरी यो भगवानशिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामवाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।

    फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् ।

    images

    यस पर्वका दिन उपवास गरी ” ऊँ नमः शिवाय” मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ । 

    स्याङ्जाको छायाक्षेत्र मन्दिरमा पनि मुख्य रुपमा शिवजीको पूजा हुने भएकाले शिवरात्रिपर्व विशेष महत्वका साथ मनाइन्छ ।
    छाया क्षेत्र मन्दिरसहित देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुँइचो लागेको छ । आज आरध्यदेव अर्थात् शिवजीको आरधना गर्दै नेपाल तथा छिमेकी मुलुक भारतका हिन्दू धर्मावलम्बीहरूको ठूलो संख्याले छायाक्षेत्रको दर्शन गरेका छन ।

    यहाँ भिरकोट नगरपालिका, मन्दिर समित र विश्व हिन्दु महासंघ भिरकोटले १०० फिट अग्लो पित्तलको त्रिसुल, १०८ शिवलिंग, १०८ बहुमुखेधारा  निर्माण गर्न लागेको भिरकोट नगरपालिकाका नगरप्रमुख छायाराम खनालले बताउनु भयो । यसलाई थप विकास गर्न भीरकोट नगरपालिकाले गुरुयोजना बनाएर काम गरिरहेको उहाँले बताउनु भयो । 

    xaya1.JPG

    भगवान शिवको आश्था र विश्वासको कारण पनि यहाँ भक्तजन आउने गर्दछन । मन्दिरमा थप भौतिक संरचना समेत निर्माण भईरहेका छन् । प्रदेशकै धार्मिक हबका रुपमा विकास गर्नका लागि सबे क्षेत्र लागि परेका छन । 
     

    बिहिवार, फाल्गुण २७ २०७७०८:०९:३०

    निर्भीक नारायण भुर्तेल

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend