Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सरकारले उच्च प्रविधिको स्याउ नर्सरी सुरु गर्छ :मन्त्री अर्याल

सरकारले उच्च प्रविधिको स्याउ नर्सरी सुरु गर्छ :मन्त्री अर्याल

  • निर्भीक नारायण भुर्तेल
  • सोमवार, चैत्र ३० २०७७


  • सरकारले उच्च प्रविधिको स्याउ नर्सरी सुरु गर्छ :मन्त्री अर्याल

    ३० चैत्र ,जोमसोम ।

    कृषी तथा पशुपंक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले सरकारले उच्च प्रविधिको स्याउ नर्सरी सुरु  गर्ने बताउनुभएको छ । 
    सोमबार मुस्ताङको सदरमुकाम जोमसोममा स्याउको विरुवा वितरण कार्यक्रममा मन्त्री अर्यालले सरकारले  उच्च प्रविधिको  स्याउ नर्सरी सुरु गर्न योजना बनाएर अगाडी बढेको बताउनुभयो । 
    कार्यक्रममा किसानहरुले  विदेशी विरुवा भन्दा सरकार आफैले देशमा नै उत्पादन गर्न सुझाव दिएका थिए । 

    images

    padma 2.jpg

    उहाँले यो आर्थिक वर्षमा बजेट विनियोजन गरेर काम गर्ने  भएकाले किसानहरुलाई विश्वस्त  भएर काम गर्न आग्रह गर्नु भयो । ‘हामीले नर्सरी मात्र होईन उत्पादन भएको स्याउको बजारीकरणको पनि व्यवस्था गर्नेछौँ’ मन्त्री अर्यालले भन्नुभयो ‘त्यसैले तपाईहरुले निर्धक्क भएर स्याउ उत्पादनमा जोड दिनुहोला’ । 

    कार्यक्रममा किसानहरुलाई गोल्डेन डेलिसियस, रेड डेलिसियस, फुजि, जोनाप्रिन्स, र गाला जातका उच्च घनत्व स्याउको बिरुवा वितरण गरिएको स्याउ ज़ोनका प्रमुख सुधिर थापाले जानाकी दिनुभयो।  ९ हजार २ सय ३० वटा उच्च घनत्व स्याउका विरुवा विभिन्न फ़र्म, सहकारी, र समुहलाई  वितरण गरिएको छ ।

    सोमवार, चैत्र ३० २०७७१०:११:२१

    निर्भीक नारायण भुर्तेल

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend