Logo

शनिवार, कार्तिक १ गते २०८३

images

जनता र देशलाई नोक्सान हुने सरकारले गरेको एउटा काम देखाउन मन्त्री अर्यालको चुनौती

जनता र देशलाई नोक्सान हुने सरकारले गरेको एउटा काम देखाउन मन्त्री अर्यालको चुनौती

  • निर्भीक नारायण भुर्तेल
  • सोमवार, चैत्र ३० २०७७


  • जनता र देशलाई नोक्सान हुने सरकारले गरेको एउटा काम देखाउन मन्त्री अर्यालको चुनौती

    चैत्र ३०, जोमसोम । 
    कृषी तथा पशुपंक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले सरकारले जनता र देशलाई नोक्सान हुने काम गरेको भए देखाउन चुनौति दिनु भएको छ । 
    मुस्ताङको जोमसोममा राष्ट्रिय  युवा संघ नेपालले आयोजना गरेको बिस्तारीत बैठकलाई  सम्बोधन गर्दै मन्त्री अर्यालले अहिले सम्म देश र जानताको लागि काम गर्दै आएको सरकारले कुनै नोक्सान हुने काम नगरेको बताउनुभयो ।

    सरकारले अहिले सम्म कसरी हुन्छ देशलाई समृद्ध बनाउन काम गरिरहेको छ मन्त्री अर्यालले भन्नु भयो "सरकारले नोक्सान हुने काम गरेको छैन । यदी कोही कसैलाई  देश र जनताको लागि नोक्सान हुने एउटा पनि काम यो सरकारले गरेको लाग्छ भने देखाउन म चुनौति दिन चाहान्छु ।"
    सरकारको सफलतामा आफ्नो भबिश्य नदेख्नेहरुले सरकार गिराउने खेल खेलिरहेको उल्लेख गर्दै मन्त्री अर्यालले युवाहरु कहि कतै अलमल नपरी अगाडी बढ्न  आग्रह गर्नुभयो ।

    मन्त्री अर्यालले अहिलेको सरकारले चीनको सिमानाका देखी भारतसम्म जोड्ने कालिगण्डकी कोरीडोरको काम तिव्र रुपमा गरेको समेत उल्लेख गर्नुभयो । 
    देश समृद्ध बन्न  केही समय लागेपनि समृद्ध नेपाल बनाएरै देखाउने मन्त्री अर्यालले उल्लेख गर्नुभयो । उहाँले आफुहरुले बोलेर मात्र नभई व्यवहारमा समेत देखिने गरी काम गरेको बताउनुभयो ।

    सोमवार, चैत्र ३० २०७७०५:३७:५७

    निर्भीक नारायण भुर्तेल

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend