Logo

शनिवार, कार्तिक १ गते २०८३

images

अक्सिजन र स्वास्थ्य सामाग्रीको अभाव हुन दिन्न : मन्त्री अर्याल

अक्सिजन र स्वास्थ्य सामाग्रीको अभाव हुन दिन्न : मन्त्री अर्याल

  • PNN Times
  • मंगलवार, जेठ ४ २०७८


  • अक्सिजन र स्वास्थ्य सामाग्रीको अभाव हुन दिन्न : मन्त्री अर्याल


    वालिङ ,४ जेष्ठ ।
    कृषि तथा पशुपंक्षी विकास पद्मा अर्यालले अक्सिजन र स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने बताउनुभएको छ । कोरोनाका कारण मुलुकभर जटिल अवस्थाको सृजना भईरहेका बेला मन्त्री अर्यालले अक्सिजन र स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने बताउनुभएको हो ।

    188429539_475080437078848_4970557890463424051_n.jpg
    गृह जिल्ला स्याङ्जा र गण्डकी प्रदेशलाई आवश्यक स्वास्थ्य सामाग्री पठाउनुभएकी मन्त्री अर्यालले थप आवश्यक सामाग्री पठाउनका लागि सहजीकरण गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
    उहाँले स्याङजामा  अक्सिजन प्लान्ट निर्माणको कार्य अगाडि बढिसकेको बताउनुभयो । महामारीको रोकथामका लागि सबैले हातेमालो गरी अगाडि बढ्न आवश्यक रहेको भन्दै हरेक नागरिकलाई सचेत बन्न समेत मन्त्री अर्यालले आग्रह गर्नुभयो ।

    images


    जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विष्णुप्रसाद सुवेदी र बरिष्ठ प्रहरी उपरिक्षक होविन्द्र बोगटीको रोहबरमा अक्सिजन सिलिन्डर, सर्जिकल मास्क, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सन्ट्रेटर, एन्टिजेन कीट, पिपिइ सेट, ह्यान्ड स्यानिटाइजर, सर्जिकल ग्लव्स, इन्फ्रारेड थर्मोमिटर, पल्स अक्सिमिटर तथा अन्य स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको हो 

    मंगलवार, जेठ ४ २०७८०२:३९:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend