Logo

शनिवार, कार्तिक १ गते २०८३

images
एक स्थानिय तह एक हरित उद्यान, एक वडा एक वनवाटिका, एक सामुदायिक वन एक पोखरी निर्माण गर्ने  प्रतिबद्धता

गण्डकी प्रदेशका मन्त्री लम्सालद्वारा  पदभार ग्रहण

गण्डकी प्रदेशका मन्त्री लम्सालद्वारा  पदभार ग्रहण

  • PNN Times
  • बिहिवार, जेठ ६ २०७८


  • गण्डकी प्रदेशका मन्त्री लम्सालद्वारा  पदभार ग्रहण

    जेठ ६, कास्की ।

    गण्डकी प्रदेशका नव नियुक्त मन्त्री  विकास लम्सालले  वन, वातावरण तथा भू-संरक्षण मन्त्रीको रुपमा पदभार ग्रहण गर्नु भएको छ । 
    बुधबार सपथ लिएपछि विहिबार  मन्त्रालयमा पदभार ग्रहण गर्नु भएको हो । मन्त्रालय पुग्दा कर्मचारीले उहाँलाई फूलमालाले स्वागत गरेका थिए।

    images

    188595060_323156362518341_7623222279438239733_n.jpg

    पदभार ग्रहण गर्दै  मन्त्री  लम्सालले गण्डकी प्रदेशमा एक स्थानिय तह एक हरित उद्यान, एक वडा एक वनवाटिका, एक, सामुदायिक वन एक पोखरी निर्माण गर्ने  प्रतिबद्धता गर्नु भएको छ ।  साथै मन्त्री लम्सालले  विगतमा भन्दा नयाँ ढंगले काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । 

    उहाँले विगतका कार्यक्रम अन्तरगत होम स्टे , एक पालिका एक औद्योगिक ग्राम सफल कार्यक्रम भएको बताउदै अब विदेशमा रोजगारी गुमाएका र नेपालमा रोजगारी गुमाएका युवाहरुलाई रोजगारी दिने गरी तालिम  दिने र स्थानिय स्रोत साधनहरुको परिचालन गरी रोजगारी सिर्जना गर्ने तथा  दैनिक उपभोग्य सामानहरु उत्पादन गरी आत्म निर्भर बन्नेखालका कार्यक्रमहरु लागू गर्ने उल्लेख गर्नुभयो । यसका लागि आवश्यक तालिम समेत दिन कर्मचारीलाई निर्देशन दिनु भएको छ ।

    बिहिवार, जेठ ६ २०७८१२:०४:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend