Logo

शनिवार, कार्तिक १ गते २०८३

images
द निर्भीक फाउन्डेशनले अहिले सम्म ३ घर निर्माण गरिसकेको छ ।

छोरीको जन्मदिनमा सुरक्षित बस्ति निर्माणको लागि भुसालद्वारा २० हजार आर्थिक सहयोग

छोरीको जन्मदिनमा सुरक्षित बस्ति निर्माणको लागि भुसालद्वारा २० हजार आर्थिक सहयोग

  • PNN Times
  • सोमवार, जेठ २४ २०७८


  • छोरीको जन्मदिनमा  सुरक्षित बस्ति निर्माणको लागि भुसालद्वारा २० हजार आर्थिक सहयोग

    जेठ २३ ।  पैयूँको जोखिम वस्ती स्थानान्तरणको लागि समाजसेवी  डाक्टर राजु भुसाल र सोनी भुसालले आफ्नी छोरीको  जन्मदिनको अवसरमा आर्थिक सहयोग  प्रदान गर्नु भएको छ ।  भुसालले छोरी रोमिया भुसालको तेस्रो जन्मोत्सवको अवसरमा पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ मा रहेको जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि आर्थिक सहयोग गर्नु भएको हो ।

    उहाँहरुले गाउँठाउँको जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि द निर्भीक फाउण्डेशनलाई बिष  हजार  एक सय (२०१००/-) रुपैयाँ आर्थिक सहयोग गर्नु भएको हो ।

    पैयूँ  गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको उच्च जोखिमा रहेको र केही परिवार पहिरोको कारण बिस्तापित भएका कारण वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माण गर्न “द निर्भीक फाउण्डेशन”ले सुरक्षित ठाउँमा आवास निर्माणको काम सुरु गरेको छ । 

    basti1.jpg

    पर्वतको पैयुँ गाउँपालिका वडा नमन्बर ४ हटिया घर हुनुभएक् डाक्टर भुसाल बाबा कुल प्रसाद भुसाल (रामपुरे) र   आमा रुक माया भुसालका छोरा डाक्टर राजु भुसाल SCAD अमेरिकाका प्राध्यापक समेत हुनुहुन्छ । 

    आफ्नी छोरीको  जन्म दिनमा विभिन्न  कार्यक्रम गरेर, फजुल  खर्च गरेर मनाउनु  भन्दा जोखिम वस्तीलाई स्थानान्तरण गरी सुरक्षित ठाउँमा घर बनाई मानव जीवन रक्षार्थ सुरु गरिएको अभियानलाई   सहयोग गरेर गरीब दुखीले राम्रो बास पाउने र अकालमा ज्यान गुमाउन नपारोस भन्ने उद्देश्यले सहयोग गरेको बुबा डाक्टर राजु भुसालले बताउनु भयो ।  

    images

    193684431_4113395515420387_5933338339962564242_n.jpg

    उहाँहरुले गरिब दुखीको लागि सहयोग गर्न जहिले पनि आफुहरु प्रतिबद्धत रहेको जानकारी गराउनु भयो । 

    द निर्भीक फाउण्डेशन”ले १५ वटा घर निर्माण गर्ने जनाएको छ । जस मध्ये ३ घर सम्पन्न गरि सकेको छ । मानव जीवन रक्षार्थ सहयोग गर्न चाहानुहुने सहयोगीदाताहरुले गरीमा विकास बैंक वालिङ शाखामा रहेको फाउन्डेशनको निम्न खातामा सहयोग रकम पठाई सहयोग गरिदिनु हुन फाउन्डेशले अनुरोध गरेको छ ।  
    खाता नम्बर 

    AC Name : The Nirbhik Foundation
    Bank Name : Garima Bikas Bank Waling Branch
    AC No : 00100100855183000001

    सोमवार, जेठ २४ २०७८०२:५२:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend