Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्याङ्जाका पत्रकार पराजुली सम्मानित

स्याङ्जाका पत्रकार पराजुली सम्मानित

  • PNN Times
  • सोमवार, भाद्र १ २०७७


  • स्याङ्जाका पत्रकार पराजुली सम्मानित

    पैयुँ, वालिङ, दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल स्याङ्जाका पत्रकार हिमलाल पराजुली सम्मानित भएका छन । ढोरपाटन दैनिकको १८औँ वार्षिकोत्सवका अवसरमा सोमबार पोखरामा आयोजित कार्यक्रममा पराजुली सम्मानित भएका हुन ।
     गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार पराजुलीलाई सम्मानपत्र र १५ हजार नगदले सम्मान गरेका थिए ।  पत्रकार पराजुली दुई दशकदेखि स्याङ्जामा रहेर पत्रकारीता गर्दै आएका छन । 

    पराजुलीले अहिले रासस स्याङ्जा संवादाता, जनता टेलिभिजन र ढोरपाटन दैनिकमा काम गर्दै आएका छन ।
     
    प्रेस चौतारीका पुर्व अध्यक्ष समेत रहेका  पराजुली प्रेस संगठनको गण्डकी प्रदेश सदस्य समेत हुन ।
    सम्मानले पत्रकारिता क्षेत्रलाई थप शसक्त बनाउन प्रेरित गरेको पराजुलीले बताउनुभयो ।

    सोमवार, भाद्र १ २०७७०७:४५:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend