मिन प्रसाद न्यौपाने ।
०४, भदौ, पर्वत । कुनै पनि व्यक्ति धेरै राजनीतिक पुर्वाग्रहबाट ग्रस्त हुनु उसैका लागि प्रत्युत्पादक हुन सक्छ । आफुले प्रतिनिधित्व गर्ने अझ नेतृत्व गर्न चाहेको समाजका मानिसहरुको सके हित गर्रौँ नसके अहित नगरौँ । हर जुनसुकै विषयलाई राजनीतिक चश्माले हेर्ने बानी पर्यो भने यसले आफ्ना मित्रहरु घट्छन् भन्ने बुझ्नुपर्छ । अभिव्यक्त गर्ने कुरा र प्रस्तुत गर्ने व्यवहार विच तादात्म्य मिलेन भने व्यक्ति झुट्टा ठहरिन्छ ।
सानो विषयलाई राजनीतिक अतिरञ्जन गरेर यो हुन्छ, त्यो हुन्छ भनेर अनावश्यक अड्कलवाझी गर्ने बानी गलत छ । हामी लोकतान्त्रिक प्रतिस्पर्धात्मक संवैधानिक व्यवस्था भएको समाजमा छौँ ।
प्रतिस्पर्धा हुन्छ । सफलता, असफलता पनि हुन्छ । तर यि विषयहरुमा अड्कलका भरमा विना तथ्य भ्रामक प्रचार गर्ने प्रवृत्ति विलकुल गलत छ ।
अहिलेको समाजको जल्दोवल्दो र महत्वपूर्ण समस्या भनेको वेरोजगारी हो । हामी विशेष गरेर पैयूँलाई कार्यक्षेत्र ठान्नेहरुको ध्यान यहाँ सकेसम्म बढि रोजगारी सृजना कसरी हुन्छ भनेर सोच्ने तर्फ जानु पर्छ । हरेक कार्यसम्पादनको विधि, प्रकृया छ । त्यसलाई स्विकार्नै पर्छ । यद्द्पी विधी , प्रकृया र मापदण्ड पुगेपछि विवेक गर्ने ठाँउ पनि हुन सक्छ । विवेक मर्न दिनु हुँदैन । एउटै भौगोलिक इकाइमा बस्ने मानिसहरु प्रति उग्र प्रतिसोध देखाइयो भने त्यसले कसैको हित गर्दैन भन्ने बुझौँ ।
सारांशमा भन्दा अड्कलका भरमा यो हुने हैछ, यो हुने भयो, यो हुनै हुँदैन, यो भयो भने पर्खी ? जस्ता कुरामा नलागौँ । गलत राजनीतिक चेष्ठा र उग्र पुर्वाग्रही राजनीतिक वा अन्य प्रतिसोध कसै प्रति पनि नदेखाओँ । सबै मानिस उस्तै हुँदैनन् । सत्य स्विकार गर्ने, प्रतिस्पर्धामा हुने जित हार स्विकार्ने, लोकतान्त्रिक अभ्यास लाई मुल बाटो ठान्ने , खुला हृदयका साथ वहस छलफल गर्ने वास्तविक लोकतान्त्रिक आचरण सबैले पालना गरौँ । सवै विवेकशील बनौँ ।